२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

२१ सय घरधुरीमा खानेपानी धारा जडान गरिँदै

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १७ गते २१:५७
२१ सय घरधुरीमा खानेपानी धारा जडान गरिँदै

अर्घाखाँची : अर्घाखाँचीको गौरवको खानेपानी योजना अन्तर्गत छत्रदेव गाउँपालिकाका झण्डै २१ सय  घरधुरीमा एक घर एक धारा निर्माण गर्ने गरी बृहत् खानेपानी अयोजनाको कामले दु्रत गति लिएको छ ।

अर्घाखाँचीकै नमुना योजनाका रूपमा रहेकोे हाँडेखोला चिदीका बृहत्त पम्पिङ खानेपानी आयोजनाको निर्माणको कार्य तीव्र गतिमा बढेको स्थानीयबासी राम बहादुर रानाले बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले निर्माण कार्य तीव्र बनाएपछि छत्रदेव गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ अर्थात् साविक चिदीका, बल्कोट, केरुंगा र छत्रगञ्ज गाविसका झण्डै ९ हजार स्थानीय लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख इन्जिनियर  किरण आचार्यले  बताए । 

छत्रदेव गाउपालिका अर्घाखाँचीमा सबैभन्दा धेरै खानेपानीको  समस्या  भएको पालिका हो । यस ठाउँका स्थानीयबासीहरु  एक गाग्रो  पानी ल्याउन घण्टौ लगाएर पँधेरोमा धाउनुपर्ने बाध्यता अहिले पनि छ ।

सुख्खाग्रस्त क्षेत्रका रूपमा रहेको छत्रदेव गाउँपालिकामा खानेपानी आयोजना सम्पन्न भएपछि खानेपानीको कुनै समस्या नहुने गरी बृहत्त पम्पिङ खानेपानीको काम गर्न कार्यालयले ठेक्का लगाइ काम शुरु गरेको खानेपानी ढल व्यवस्थापन कार्यालयका सिनियर आयोजना प्रमुख आचार्यले मध्यान्हलाई  बताए । छत्रदेव गाउँपालिकाको पूर्वमा रहेको वडा नम्बर १  चिदीकादेखि छत्रगञ्ज सम्मका ५ वटा वडाका झण्डै २१ सय  घरपरिवार लाभान्वित हुने कार्यालयका इन्जिनियर सुदिप ज्ञवालीले  बताए ।

निर्माणाधिन बृहत्त पम्पिङ खानेपानी योजना संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको अर्घाखाँचीको आर्थिक सहयोग बिडारी निर्माण सेवाले ठेक्का सम्झौता गरी काम शुरु गरेपछि अहिलेसम्म झण्डै ७० प्रतिशत काम सम्पन्न गर्न लागेको युवा व्यवसायी बिडारी निर्माण सेवाका डाइरेक्टर राजकुमार बिडारीले जानकारी दिए । 

नेपाल सरकार संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीको  ३० करोड २२ लाखको लागतमा खानेपानी योजनाको ठेक्का सम्झौता भएको र सोही अनुसार सागर बिडारी निर्माण सेवाले निर्माण कार्य अगाडि बढाएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख आचार्यले जानकारी दिए  ।
२०७९ साल चैत १ गते  खानेपानी तथा  ढल व्यवस्थापन कार्यालय अर्घाखाँचीसँग सागर बिडारी निर्माण सेवाले ठेक्का सम्झौता गरी २०८१ फागुन ३० गतेभित्र योजनाको काम सम्पन गर्ने गरी सम्झौता भएकोमा सम्झौता अगावै योजनाको काम सम्पन्न गर्ने गरी आफुले काम गरिरहेको बिडारी निर्माण सेवाका सञ्चालक बिडारीले बताए । योजना निर्माण शुरु भएको १८ महिनाको अवधिमा झण्डै ७०  प्रतिशत भौतिक प्रगति भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख आचार्यले जानकारी दिए  । 

वित्तीय प्रगति ६० प्रतिशत भइसकेको  आचार्यको भनाइ छ  । २ स्टेज पम्पिङ रहेको यो योजनामा कलेक्टर वेलबाट माथि ट्रिटमेन्ट प्लान्टमा पहिलो पम्पिङ गर्ने र त्यस स्थानमा पानी प्रशोधित भइसकेपछि मौलीपोखराको ६० घन मिटरको ट्यांकीमा पानी जान्छ ।

मौलीपोखराको ट्यांकीबाट सिँधै कोटमा रहेको १ सय २० घन मिटरको ट्यांकीमा पानी खसालेपछि त्यहाँँबाट ५ वटा वडाका विभिन्न स्थानमा बनेका टं्याकीमा पानी लैजाने गरी काम अगाडि बढेको इन्जिनीयर ज्ञवालीको भनाइ छ । 

खानेपानी आयोजनामार्फत झण्डै २१ सय घरधुरीमा एक घर एक धारा बन्ने भएपछि सबै उपभोक्ताहरू खुशी भएको  हाडेखोला चिदीका बृहत्त पम्पिङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्त समितिका उपाध्यक्ष हरि खनालले जानकारी दिए ।

विगत लामो समयदेखि डीपीआर भएर काम अगाडि बढ्न नसकेको आयोजना निर्माण शुरु भएर झण्डै ७० प्रतिशत  प्रतिशत भौतिक प्रगति भएपछि सबै उपभोक्ताहरू खुशी भएका छन् । अब पाइप लाइन खन्ने काम पनि अन्तिम चरणमा पुगेको स्थानीय युवा सन्जय पाण्डे निश्चलले बताए । जिल्लाकै गौरवको योजनाका रूपमा रहेको यो योजना सम्पन्न भएपछि बिहानै उठेर घण्टौं लगाएर पँधेरोबाट पानी ल्याउने बाध्यता पनि हट्ने भएपछि सबै उपभोक्ता खुशी भएका उपभोक्ता समितिका उपाध्यक्ष हरिप्रसाद खनालको भनाइ छ । 

ADVADV

सम्बन्धित खबर

Advertise