२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

हामी नेपाली ग्लोबल सिसेल्सको तिज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

ADV
अनिल बानिया
२०८१ भदौ १८ गते १२:५३
हामी नेपाली ग्लोबल सिसेल्सको तिज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सिसेल्स : नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा हामी नेपाली ग्लोबल सिसेल्सले शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । हामी नेपाली ग्लोबल सिसेल्सका अध्यक्ष दिपेन्द्र कुँवरको सभापतित्वमा आन्से ओइटेलको कम्युनिटी हलमा कार्यक्रम सम्पन्न भएको हो ।

आरती गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा करिब तीन सय पचास जनाको हाराहारीमा सहभागिता रहेको थियो । रोशनी दाहालले स्वागत मन्तव्य राख्दै हामी नेपाली ग्लोबल सिसेल्सको कार्यक्रमको शुरुवातमा संस्थाका प्रथम उपाध्यक्ष विजय थापा, महासचिव सुरेन्द्र कुँवर तथा तिज विशेष कार्यक्रमका संयोजक हरि तामाङ र सहसंयोजक चोम बलालले उपस्थित सम्पूर्णलाई खादा र मालाले स्वागत गरेका थिए ।

हामी नेपाली ग्लोबल सिसेल्सका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मकरुपमा तिजको रौनकता दिलाएको थियो ।कार्यक्रममा संस्थाको उद्देश्य र भावी रणनीतिबारे महासचिव सुरेन्द्र कुँवरले प्रकाश पारेका थिए भने संस्थाको समसामयिक विषयहरूमाथि संस्थाका प्रथम उपाध्यक्ष विजय थापाले प्रष्ट पार्दै तिजको शुभकामना व्यक्त गरे ।

संस्थालाई आर्थिक सहयोग गर्ने सहयोगीदाताद्वय कमल पाण्डे र राजकुमार थापालाई संस्थाले प्रंशसापत्रले सम्मान गरेको थियो । सामाजिक अभियन्ता परमविर शर्मा र सञ्चार गृहमा आबद्ध नेस्सीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका बोर्ड अफ डाइरेक्टर विजय तामाङ र शर्मिला थापाको जन्मदिन तथा तिज विशेषको केक काटेर मनाइएको थियो ।

कल्चर संयोजक अनु तामाङले प्रवासमा पनि नेपाली दाजुभाइहरूले दिदीबहिनीहरूका लागि तिज विशेष कार्यक्रम राखेर तिज मनाउने अवसर दिएकोमा धन्यवाद व्यक्त गरिन् । उनले संस्थाको हित र भलो हुने काम गर्दै सबै सिसेल्समा रहेका नेपालीको निमित्त हामी नेपाली ग्लोबल सिसेल्स संस्थामा आबद्ध हुन आग्रह गर्नुका साथै हरितालिका तिजको शुभकामना व्यक्त गरिन् ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव अइन्द्र विक्रम योङयाले गरेका थिए भने प्रमुख अतिथि आरती गुरुङले नेपालीको एउटा शान र गरिमा बोकेको हामी नेपाली ग्लोबल सिसेल्सको प्रगतिको कामना गर्दै सबैलाई तिजको शुभकामना दिइन् ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष दिपेन्द्र कुँवरले प्रवासमा रहेर व्यस्तताका बाबजुर समय मिलाएर उल्लेखनीय सहभागिता जनाएकोमा सबै उपस्थितलाई धन्यवाद ज्ञापन गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise