२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

रूरू क्षेत्रमा तिज गीत प्रतियोगिता सम्पन्न

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १८ गते २०:५९
रूरू क्षेत्रमा तिज गीत प्रतियोगिता सम्पन्न

गुल्मी : नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । परम्परागत संस्कृतिको जर्गेना गर्दै महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले  गाउँपालिकाले खुल्ला तिज गीत प्रतियोगिता आयोजना गरेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

रुरुक्षेत्र गाउँपालिकाको नाच्ने डाँडामा आयोजना गरिएको तिज गीत प्रतियोगितामा श्रीदेवी महिला समुह गुल्मीको समूह प्रथम, समाजसेवी महिला समुह गुल्मी दोश्रो र भड्कुवा भ्यूप्वाइन्ट समुह गुल्मी तेश्रो स्थान हासिल गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष ज्ञवालीले जानकारी दिए । 

प्रतियोगितामा गुल्मीका १४ वटा समूहहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा मिनामकोट आमा समुहका कलाकार अमृता सारुलाई उत्कृष्ट नृत्य प्रस्तुत गरेकोले उनलाई पुरस्कृत गरिएको गाउँपालिका उपाध्यक्ष मिना गौतमले बताइन् ।

प्रतियोगिातमा प्रस्तुत गरिएका समसामयिक विषय वस्तु र त्यसको आधामा रहेर प्रस्तुत अभिनयहरुले दर्शकहरुलाई भावुकसँगै रमाइलो बनाएपछि गाउँपालिकाका अध्यक्ष ज्ञवाली, उपाध्यक्ष गौतम प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेसहित जनप्रतिनिधि कर्मचारी छमछमी नाचेका थिए ।

प्रतियोगितामा विभिन्न समुहहरुले  प्रस्तुत गरेका अधिकांश गीतमा  महिला हिंसा, महिला अधिकार, उद्यम, स्थानीय कला, संस्कृति, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनका साथै गाउँमा किसानले भोग्नु परेका बादर, बनेल जस्ता दुम्सी जस्ता बन्यजन्तुबाट भोग्नु परेका पीडाका कुराहरुसँगै पालिकाले गरेका उत्कृष्ट कामहरुलाई समेत गीतमार्फत प्रस्तुत गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पछिल्लो समय कला र संस्कृति लोप हुँदै अनावश्यक नयाँ गीतहरु आउन थालेको र पुरानो सस्कृति लोपहुन लागेको भन्दै पुरानो सस्कृतिको जगेर्ना  गर्ने गाउँपालिकाको उद्देश्य रहेको बताए ।

प्रतियोगितामा प्रथम हुने समुहलाई पन्ध्र हजार, दोश्रो हुने समूह लाई  दश हजार र तेश्रो हुन समुहलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार तथा  प्रमाणपत्रसहित पुरस्कृत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए ।

तिज गीत प्रतियोगितामा पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका सल्लाहकार जनार्दन घिमिरे, सहसचिव अनिल खत्री, रन्जित प्रसाद लालचन रुद्रावती मा.वि.की शिक्षिका बिष्णु ज्ञवालीले मूल्यांकनमा सहजीकरण गरेकी थिइन् । कार्यक्रमको सञ्चालन दिपा गैरेले गरेकी थिइन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise