२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

शिक्षक महासंघ वीरगञ्ज महानगरसँग समन्वय गरेर अघि बढ्ने

ADV
महमद सदाब
२०८१ भदौ १८ गते २१:४५
शिक्षक महासंघ वीरगञ्ज महानगरसँग समन्वय गरेर अघि बढ्ने

काठमाडौं : दरबन्दी मिलानमा असहमति राख्दै आएको नेपाल शिक्षक महासंघले वीरगञ्ज महानगरसँग समन्वय गरेर अघि बढ्न तयार भएको छ ।

महानगरपालिका र शिक्षक महासंघका प्रतिनिधिहरुबीच छलफल भएसँगै महानगरको शैक्षिक वातावरणमा कुनै पनि असर नपार्ने गरी आफुहरु महानगरको उद्देश्यअनुरुप अघि बढ्न तयार भएको जनाएको हो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शिक्षकहरुलाई कुनै समस्या भए सम्बोधन गर्न आफू तयार रहेको बताए ।

कुनै त्रुटी भए सच्याउन आफू सधैं तयार रहेको भन्दै उनले त्यसका लागि शिक्षकहरु पनि आन्दोलन छाडेर छलफलमा आउनुपर्ने बताए । 

यस्तै महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले शिक्षकहरुले आफ्ना समस्या सम्बन्धित स्थानमा राख्नुपर्नेमा शैक्षिक वातावरण नै विगार्ने गरी  वक्तब्य गर्दै हिँड्नु शोभनीय नभएको भन्दै आउँदा दिनमा यस्ता कमजोरी आउन नदिन सचेत गराए । उनले शिक्षकहरु आफ्नै परिवारका भएकाले उनीहरुको समस्या आफ्नो पनि समस्या रहेको भन्दै छलफलमार्फत नै समाधान निस्कने विश्वास दिलाए । 

‘तपाईहरुको समस्या तपाईहरुको मात्रै हैन हाम्रो पनि हो, समस्या समाधानमा हामी गम्भीर छौं, ‘तर यहाँ आएर छलफल गर्नुको सट्टा बाहिर बाहिर वक्तब्यबाजी गर्दै हिँड्दा समस्या कहाँ सुल्झन्छ र ?’ उनले प्रश्न गरे । स्थानीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै खटाइएको स्थानमा गएर शैक्षिक कृयाकलाप अघि बढाउनु शिक्षकहरुको दायित्व भएको पनि उनले स्पष्ट पारे । 

शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्णले शिक्षकहरुको मानसम्मानमा आघात नपुग्ने गरी निर्णय गरिएको र यसमा पनि कुनै समस्या रहेको भए आफुहरु सच्चाउन तयार रहेको बताए । शिक्षा समितिको निर्णय बमोजिम नै दरबन्दी मिलानको काम गरिएकाले त्यसमा अप्ठ्यारा परेका शिक्षकहरुले आफ्नो असहमति खुलाएर महाशाखालाई जानकारी गराए पुनरावलोकनका लागि समितिमा लैजान आफू सँधै तयार रहेको उनले बताए । 

छलफलमा शिक्षक महासंघका नगर समिति अध्यक्ष प्रदीप जयसवालले आफु र आफ्ना शिक्षक साथीहरुको समस्या समयमै सम्बोधन नहुँदा आफुहरु विभिन्न ठाउँमा दौडन बाध्य भएको बताए । वास्तविक समस्यामा परेका शिक्षकहरुको माग सम्बोधन गर्न महानगर तयार देखिएकाले बाँकी असहमतिका कुराहरु आपसी समन्वयमा समाधान गर्न आफुहरू तयार भएको उनले बताए । 

छलफलमा महासंघका महानगर सचिव सुमु प्रसाद सोनार (सन्तोष), विजय यादब लगायतको शिक्षकहरु को सहभागिता रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise