२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्लानद्वारा पालिकास्तरमा परियोजनाको समीक्षा

ADV
सन्तोष पौडेल
२०८१ भदौ १९ गते २०:५८
प्लानद्वारा पालिकास्तरमा परियोजनाको समीक्षा

बर्दिया : प्लान इन्टरनेशनल नेपालले बर्दियाका ४ पालिकामा पालिकास्तरमा परियोजनाको जानकारीसहितको समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । 
बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सञ्चालित परियोजनाका साझेदार संस्थाहरूसहित परियोजनाको जानकारीसहितको समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा सन् २००६ देखि बर्दियामा काम गर्दे आएको इन्टरनेशनल नेपालले अहिले राधाकृष्ण थारु जनसेवा केन्द्र, भेरी वातावरणीय विशिष्टता समुह र बाँके युनेस्को क्लबसँगको साझेदारीमा काम गरिरहेको प्लान इन्टरनेशनल नेपालका निमित्त कार्यक्रम विज्ञ दीक्षा भाटले बताइन् । 

उनले बर्दियामा सशक्त बालिका परियोजना, किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजना, बालविवाह न्यूनीकरण परियोजना, समावेशी शिक्षा परियोजना, बालविवाह, छिटो हुने विवाह तथा जबरजस्ती गरिने विवाह रोकथाम परियोजना, बाढी पुनर्लाभ परियोजना, ग्रीन इकोनमी परियोजनाका लगायतका परियोजनाहरू सञ्चालन भइरहेको जानकारी दिइन् । 

प्लान इन्टरनेशनल नेपालले सन् २०२८ सम्म नेपालमा सबै बालिका, किशोरी, तथा युवा महिलाहरू सशक्त हुनुका साथै आत्मसम्मानका साथ आफ्नो अधिकार र स्वतन्त्रताको उपभोग गर्न पाएका हुने ध्येयका साथ विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको बताइन् । 

प्लानसँगको साझेदारीमा राधाकृष्ण थारू जनसेवा केन्द्रद्वारा सञ्चालित सशक्त बालिका परियोजनाका परियोजना संयोजक मनोज पौडेलले परियोजनाले समेटेका विद्यालय र समुदायका बालबालिका, किशोर किशोरी तथा युवाहरू साथै विशेषगरी किशोरी र युवा महिलाहरू आफ्नो अधिकारको बारेमा जानकार भइ बालविवाह, छिटो विवाह र जबरजस्ती विवाहबाट मुक्त भइ स्वतन्त्र रुपमा जीवनयापन गर्न सफल हुने परियोजनाले लक्ष्य लिइएको बताए । 

उनले परियोजनाले प्रारम्भिक बाल विकास, बाल संरक्षण, बाल अधिकार, शिक्षा, स्वास्थ्य तथा पोषण, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, लैंगिक समानता तथा न्याय, संरक्षण मानवीय कार्य, नेतृत्व विकास, खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा विविध कृयाकलापहरू गरिने बताए । ३ वर्षे परियोजना अन्तर्गत बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा आ.व.२०८०/०८१(सन २०२३/०२४) मा २ करोड ६८ लाख रुपैयाँ खर्च भएको र चालु आ.व. २०८१/०८२(सन् २०२४/०२५) मा परियोजनामार्फत गरिने क्रियाकलापहरूका लागि २ करोड ६० लाख बढी रकम खर्च गरिने पौडेलले जानकारी दिए । 

जानकारीसहितको समीक्षा कार्यक्रम राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालसँगकै साझेदारीमा किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन र अधिकारमा पहुँच बढाउन सन् २०२४ बाट ३ वर्षका लागि किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार परियोजना शुरु गरेको जानकारी दिइएको थियो । यस परियोजना अन्तर्गत विभिन्न क्रियाकलापमा ३ करोड ७५ लाख बढी रकम खर्चिने बताइएको छ ।

कार्यक्रममा बाल विवाह न्यूनीकरण परियोजनामा प्लानसँग साझेदारी गर्दै आएको भेरी वातावरणीय विशिष्टता समुहका प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्मा र ग्रीन इकोनमी परियोजनाको साझेदार संस्था बाँके युनेस्को क्लवका कार्यक्रम अधिकृत राधाकृष्ण थारुले संस्थाको परिचय दिँदै परियोजनाको उद्देश्य, सम्पन्न भएका क्रियाकलाप र खर्च विवरण तथा आगामी दिनमा गरिने क्रियाकलाप र अनुमानित खर्चको बारेमा प्रकाश पारेका थिए । 

बालविवाह न्यूनीकरण परियोजना अन्तर्गत सञ्चालन गरिएका क्रियाकलापहरुका लागि बारबर्दिया ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा आ.व.२०८०/०८१(सन् २०२३/०२४) मा १ करोड ३० लाख रुपैयाँ खर्च भएको र चालु आ.व. २०८१/०८२(सन् २०२४/०२५) मा १ करोड ३५ लाख रुपैयाँ रकम खर्च गरिने भेरी वातावरणीय विशिष्टता समुहका प्राविधिक संयोजक शर्माले बताए । 

त्यस्तै प्लानको ग्रिन इकोनोमी परियोजना अन्तर्गत साझेदार संस्था बाँके युनेस्को क्लवले ठाकुरबाबा र राजापुर नगरपालिकामा आ.व.२०८०/०८१(सन २०२३/०२४) मा ४६ लाख ३४ हजार ६ सय ५ रुपैयाँ खर्च गरेको र चालु आ.व. २०८१/०८२(सन् २०२४/०२५) मा ५२ लाख १६ हजार ८ सय ५० रुपैयाँ रकम खर्च गरिने बाँके युनेस्को क्लवका कार्यक्रम अधिकृत थारुले जानकारी दिए । चार वटै पालिकामा छुट्टाछुट्टै सञ्चालन गरिएको कार्यक्रममा नगरप्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका शाखाप्रमुख तथा प्रतिनिधि,प्लान साझेदार संस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुलाई सहभागी गराइएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise