२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गण्डकीको मकैसिङमा निःशुल्क स्वास्थ्य शिविर हुने

ADV
मध्यान्ह
२०८१ जेठ २९ गते २०:०३
गण्डकीको मकैसिङमा निःशुल्क स्वास्थ्य शिविर हुने

गोरखा : गण्डकी गाउँपालिका वडा नम्वर १ मकैसिङमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।  

सम्भव नेपालको आयोजनामा मकैसिङ प्राथमिक स्वास्थ्य चौकीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुन लागेको हो ।

उक्त शिवरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुद्वारा उपचार हुनेछ । उक्त शिविर आगामी असार १ र २ गते शनिबार र आइतबार हुनेछ ।

शनिबार बिहान साढे ९ बजेदेखि बेलुका ५ बजेसम्म र आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म शिविर सञ्चालन हुने सम्भव नेपालका परियोजना परीवेक्षक उत्तम अधिकारीले जानकारी दिए ।

शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर, हाड जोर्नी  विशेषज्ञ सेवा, रेडियोलोजिष्ट, फिजिसियन र एक्स–रे सेवा, निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरू समेत रहेको परीवेक्षक अधिकारीले जानकारी दिए ।

ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था गरिने छ । स्वास्थ्य शिविरबाट विभिन्न रोगको पहिचान गर्नुका साथै महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान समेत हुने भएकाले उक्त शिविरबाट धेरै भन्दा धेरैले लाभ लिने सम्भव नेपालका अध्यक्ष प्रेम कुमार खत्रीले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise