२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

सत्ता गठबन्धनले संवैधानिक निकायमा कब्जा जमाउन खोज्दैछ : भुसाल

Nada
सूर्यप्रसाद भुसाल
२०८१ जेठ २९ गते २१:०५
Shares
सत्ता गठबन्धनले संवैधानिक निकायमा कब्जा जमाउन खोज्दैछ : भुसाल

ढिकुरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपसभामुख पुष्पा भुसालले वर्तमान सत्ता गठबन्धनले संवैधानिक निकायहरुमा कब्जा जमाउन खोजेको आरोप लगाएकी छिन् ।

ncell

सत्तामा जतिसुकै दलको सहभागिता रहेपनि कांग्रेसलाई कुनै फरक नपर्ने भन्दै उनले संवैधानिक निकाय माथिको हस्तक्षेपकाविरुद्ध खरो रुपमा कांग्रेस लड्ने बताइन् । 

नेपाली कांग्रेस भूमिकास्थान नगरपालिका वडा नम्बर ९ ले विपी स्मृति प्रतिष्ठान  ढिकुरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले संवैधानिक संरचना माथिको सत्ताधारी दलको हस्तक्षेपले मुलुक जटिलतातर्फ उन्मुख भएको बताइन् । 

केन्द्रीय सदस्य भुसालले प्रहरी प्रशासनलाई  वर्तमान सरकारले भातृ संगठन जस्तो बनाउने, महान्यायाधिवक्ताको कार्यालयलाई आफ्नै कार्यालय बनाउन खोज्ने, न्यायालयमाथि कब्जा हान्न खोज्ने  र कांग्रेसका जनप्रतिनिधिलाई विना कारण मुद्दा लगाउने अहिलेको सरकारको रणनीति भएको दाबी गरिन् । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले  कांग्रेसभित्रको आन्तरिक लडाईंको व्यवस्थापन कांग्रेसका लागि मुख्य चुनौती भएकोले अन्य दलले लाभ लिइरहेको तर्क गरेका थिए । पार्टीभित्रको आन्तरिक समस्या सुल्झाउन पार्टीको विधान तथा निर्वाचन मोडेलको हेरफेर गरेरै भएपनि सुधार गर्न कांग्रेस नेतृत्व लाग्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सभापति केशव श्रेष्ठले नेपाली कांग्रेस जिल्लामा एक ढिक्का भएर अगाडि बढेकोले कांग्रेसको संगठन अब टोल बस्तिमा पु¥याउन स्थानीय नेताहरूलाई आग्रह गरेका थिए । 

सभापति श्रेष्ठले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणलाई गाउँटोल बस्तिमा पुर्‍याउने दाबी गरे । 

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कमल प्रसाद भुसालले नेपाली कांग्रेसको नेतृत्वमा हरेक खालका परिवर्तन भएकोले कांग्रेस कार्यकर्ताले कांग्रेस भन्दा गर्व गर्ने ठाउँ भएको बताए । नेपाली कांग्रेस भूमिकास्थान ९ का सभापति तिर्थ राज घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य रेमकला  खत्री, नेपाली कांग्रेस प्रदेश सचिव सुरज रायमाझी, पूर्व जिल्ला सदस्य ज्ञानबहादुर वि.क, कांग्रेस स्थानीय नेता विनोद घिमिरे, बलराम घिमिरे, ईश्वरी पोख्रेल, लक्ष्मी देवी भुसाल, भक्ति खनाल लगायतले मन्तव्य राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर