हुम्ला : सडक पूर्णरुपमा सञ्चालनमा नआउँदै जिल्लामा पठाओ गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला सदरमुकाम सिमकोट अझै राष्ट्रिय सडक मार्गसँग जोडिएको छैन ।
सिमकोट गाउँपालिकासँग जोडिएको खार्पुनाथ गाउँपालिको खार्पु कर्णाली नदीमा पुल निर्माण नहुँदा दुई पांग्रे सवारी साधन मानिसका लागि बनाएको पुल तरेर नेपालगञ्ज र सुर्खेतबाट सिँधा सदरमुकाम सिमकोट आउने भएपनि चार पांग्रेमाथिका सवारी साधन खार्पुसम्म आउने गर्दछन् ।
सिमकोट बजार क्षेत्रको करिब ४ किलोमिटर सडक ढलना भएको भएपनि अन्य सडक भर्खरै निर्माण गरेर कच्ची, अप्ठ्यारो, भिरालो छ । जिल्लामा आन्तरिक सडक होस्, या कर्णाली कोरिडोर होस्, पठाओ दर्ता बिना सञ्चालन हुँदै आएका छन् । पठाओ दर्ता मात्र नभइ सवारी साधन चालक पत्र(लाइसेन्स) नभएकाले पनि पठाओ चलाउँदै पैसा असुल्दै आएका छन् । पठाओले दुरी हेरेर आफू खुसी पैसा असुल छन् । जिल्लामा चार पांग्रे सवार गर्ने यात्रुको लागि दुरी हेरेर मूल्य निर्धारण गरेको भएपनि त्यो मुल्य यात्रुका लागि लागू भएको छैन् ।
पठाओले करिब दुईदेखि तीन किलोमिटर सडकको ५ सय देखि ७ सयका दरले भाडा लिँदै आएको छ । एक मोटरसाइकलमा चालकसहित तीन जनाले सवारी गर्दै आएको हुँदा पनि जिल्लाका सम्बन्धित निकाया मौनमा बसेको स्थानीयबासीको भनाइ छ ।
स्थानीयका अनुसार जिल्लामा करिब ४० वटा मोटरसाइकलले पठाओ गर्दै आएका छन् भने तीमध्ये पाँच प्रतिशतको मात्र बुलबुक, लाइसेन्स कानूनअनुसार प्रमाणपत्र बनाएका छन् भने बाँकी अधिकांश चालकले चोरीका मोटरसाइकल बुलबुक नभएका र लाइसेन्स पनि नभएकाले पठाओ सञ्चालन गर्दै आएको भएपनि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, स्थानीय सरकारले कुनै वास्ता गरेको देखिँदैन । एक दिनमा पठाओले कम्तिमा ५ देखि ८ हजार पैसा असुल्दै आएका छन् ।
पठाओ सञ्चालनमा स्थानीय भन्दा जिल्ला बाहिर जुम्ला, मुगु, कालिकोट, सुर्खेत, दैलेख, बाजुरा, सल्यान, दाङ, नेपालगञ्ज, जाजरकोट जिल्लाका व्यक्तिले चलाउँदै आएका छन् ।