२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको योगदान महत्वपूर्ण : मुख्यमन्त्री आचार्य

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २२ गते २१:०५
राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको योगदान महत्वपूर्ण : मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलकमा लोकतान्त्रिक व्यवस्था ल्याउनका लागि निजामती कर्मचारीहरुको निकै महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

निजामती कर्मचारी दिवसको अबसरमा सन्धिखर्कमा भएको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले  निजामती सेवाले कानूनी रुपमा मान्यता प्राप्त गरेको दिनको सम्झनामा  प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा  कर्मचारीलाई बधाइ शुभकामना दिएका थिए  । अग्रगामी राजनीतिक परिवर्तन गर्न निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष योगदान प्रशंसायोग्य रहेको बताउँदै मुख्यमन्त्री आचार्यले हरेक बेला पर्ने संकटमा  आफ्ना पेशागत हकहित सँगै मुलुकलाई कर्मचारीले दिएको योग्यता प्रशंसनिय रहेको उल्लेख्य गरे ।

मुख्यमन्त्री आचार्यले नेपालको शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको बताउँदै लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझैं गहन र व्यापक हुँदै गएको बताए । उनले लुम्बिनी प्रदेश सरकारले छिट्टै विभिन्न तहमा १९ सय कर्मचारीको विज्ञापन खोल्ने बताए । 

संघीय सरकारले हस्तान्तरण गरेको स्वीकृती दरबन्दी अनुसार लुम्बिनी प्रदेश सरकार मातहत रहेका कार्यालयहरुमा ४ हजार ७८ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल २१ सय ७८ जना कर्मचारी मात्र कार्यरत रहेको र रिक्त रहेका १९ सय कर्मचारीको पदमा अब छिट्ट लोक सेवा आयोगमार्फत विज्ञापन खोलिने दाबी गरे ।

स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागु हुने गरी अगाडि बढेको बताउँदै कर्मचारी ऐन लागु हुन नसक्दा कर्मचारीमा निरासा छाएको भन्दै यस वर्ष स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन पारित भएपछि कर्मचारीको मनोवल वृद्धि हुने र कर्मचारीका समस्या समाधान हुने बताए । 

कार्यक्रममा निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या लगायत कार्यालय प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । त्यस्तै मुख्यमन्त्री आचार्यले शनिबार भूमिकास्थान नगरपालिकाको निरीक्षण गरेका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise