२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेतृत्व विकास तथा दिगो माछा मार्ने विधिसम्बन्धी तालिम सम्पन्न

ADV
सन्तोष पौडेल
२०८१ जेठ २९ गते २१:५१
नेतृत्व विकास तथा दिगो माछा मार्ने विधिसम्बन्धी तालिम सम्पन्न

बर्दिया : गेरुवा गाउँपालिकाको शान्तिबजारमा महिलाहरुका लागि नेतृत्व विकास तथा दिगो माछा मार्ने विधि सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

विश्व बन्यजन्तुकोष नेपालद्वारा नेपाल सरकारसँगको समन्वय र बेलायत सरकार अन्तर्गत डार्विन इनिसिएटिभको सहयोगमा सोनाहा विकास समाज बर्दियाको आयोजनामा तालिम सम्पन्न भएको हो ।

‘कर्णाली नदीमा ओत संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सवलिकरण परियोजना’ अन्तर्गत वडा नं. ३ मा गठन भएको सखी सामुदायिक नदी सहव्यवस्थान समुह, सनकट्टिका महिलाहरुका लागि नेतृत्व विकास तथा दिगो माछा मार्ने विधि सम्बन्धी तालिम प्रदान गरिएको हो ।

परियोजनाले विशेष गरी तल्लो कर्णाली नदी तटिय क्षेत्रमा बसोबास गर्ने सोनाहा तथा थारु समुदायलाई समेटेको छ । 

नदी सहव्यवस्थान समुहमा महिला सहभागिता उल्लेखनिय रहेकाले उनीहरुलाई नेतृत्वदायी भूमिकामा सवलिकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सोनाहा विकास समाजका रत्न के. सी. ले बताए । 

उर्मिला तम्राकार र रोविन चौधरीले सहजीकरण गरेको तालिममा नेतृत्व, नेता र नेतृत्वका केही परिभाषाहरु, नेतृत्व सम्बन्धी महत्वपूर्ण कुराहरु, नेतृत्वका शैली लगायत दिगो रुपमा माछा समात्ने अभ्यास तथा विधिहरुका बारेमा सहजीकरण गरिएको थियो ।

यस अघि वडा नं. २ टिकुलिगढमा गठन गरिएको  सम्झना सामुदायिक नदी सह–व्यवस्थान समुहका महिलाहरुलाई पनि तालिम प्रदान गरिएको थियो । दुई चरणमा सम्पन्न तालिममा दुवै समुहका गरी ५० जना महिलाको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise