२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

चीनको ताक्लाकोटसँग हुम्लावासीको निर्भरता बढ्दै

ADV
ओबराज शाही
२०८१ भदौ २४ गते १२:१२
चीनको ताक्लाकोटसँग हुम्लावासीको निर्भरता बढ्दै

हुम्ला : हुम्लाको हिल्सा नाका कर्णाली प्रदेशको समृद्धिको आधार मानिन्छ । हुम्लाको सदरमुकाम सिमकोटदेखि हिल्सा नाकासम्म ९५ किलोमिटर दुरीमा गाडी चल्न थालेपछि चीनको ताक्लाकोटसँग हुम्लावासीको निर्भरता बढेको छ ।

हुम्लाको सिमकोट गाउँपालिका र चीनको सिमानासँग जोडिएको नाम्खा गाउँपालिकाका अधिकांश नागरिक ताक्लाकोटमा होटल, पसल र अन्य व्यवसाय गरेर जीविकोपार्जन गर्छन् भने केही नागरिकहरू श्रम गरेर ताक्लाकोटमा बस्ने गरेका छन् । हिल्सा नाकाबाट दैनिक ५५ देखि ६० जना नेपालीहरू आउजाउ गर्दै आएको हिल्सा प्रहरी चौकीले जानकारी दिएको छ ।

दैनिक उपभोग्य वस्तु र मजदुरी गर्न ताक्लाकोट जानेहरूको संख्या बढदै गएको हिल्सा प्रहरी चौकीको भनाइ छ । हिल्सा नाका खुलेपछि हालसम्म जिल्ला प्रशासन कार्यालय हुम्लाले ६ हजार १ सय ३९ जनालाई हिल्सा नाका हुँदै चीनको ताक्लाकोट पुग्ने सीमा पास दिएको छ । १ हजार ९ सय ५ जना महिला र ४ हजार २ सय ३५ जना पुरुष गरी ६ हजार १ सय ३९ जनाले सीमा पास लिएको कार्यालयले जनाएको छ । दैनिक जिल्ला प्रशासन कार्यालय हुम्लामा १० देखि १५ जनासम्मले सीमा पास लिने गरेका छन् ।

सिमकोट गाउँपालिकाबाट ५ सय ९९ जना महिला र १ हजार २ सय ८२ जना पुरुष गरी १ हजार ८ सय ८१ जनाले सीमापास लिएका छन् । खापुनार्थ गाउँपालिकाबाट ८७ जना महिला र ४ सय १२ जना पुरुष गरी ५ सय ५ जनाले पास लिएका छन् ।  सर्केगाड गाउँपालिकाबाट १५ जना महिला र ४ सय २० जना पुरुष गरी ४ सय ३५ जना र चंखेली गाउँपालिकाबाट ६१ जना महिला र २ सय ४० जना पुरुष गरी ३ सय १ जनाले सीमा पास लिएका छन् । 

अदानचुली गाउँपालिकाबाट १३ जना महिला र १ सय ६० जना पुरुषले सीमा पास लिएका छन् । ताजाँकोट गाउँपालिकाबाट ११ जना महिला र १ सय ८८ जना पुरुष गरी १ सय ९९ जनाले सीमा पास लिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise