२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नयाँ काम गरेर देखाउँछु : मन्त्री राणा

Nada
सूर्यप्रसाद भुसाल
२०८१ भदौ २६ गते २१:४९
Shares
नयाँ काम गरेर देखाउँछु : मन्त्री राणा

भालुवाङ : शहरी विकास तथा  खानेपानी मन्त्री  सरोज थापा (रोज राणा)ले  शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन मुख्य चुनौती रहेको बताएका छन् । 

ncell

लुम्बिनी प्रदेश सरकारले  निर्माण गरिरहेको  पुनर्ताजगी केन्द्रको  सञ्चालन सम्बन्धी  कार्यविधि मस्यौदामाथि  नगरपालिकाका प्रमुखहरुसँग शहरी विकास तथा खानेपानी मन्त्रालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएका हुन् । 

मस्यौदालाई  छलफल गरी अन्तिम स्वरुप प्रदान गरिएको  छ । पूर्व पश्चिम लोकमार्गमा चल्ने लामो तथा छोटो दुरिका सवारी साधनका चालक एवम् यात्रुहरुलाई सुरक्षित सफा स्तरीय सुविधायुक्त तवरमा रिफ्रेस हुन, आराम गर्न, रिचार्ज गर्न, खाजा खानाको व्यवस्थासहित वातावरण मैत्री  कक्षहरुको व्यवस्था गर्ने मस्यौदामा उल्लेख छ । 

निर्माण कार्य केही समयभित्र सम्पन्न गरी प्रदेश सरकारले स्थानीय पालिका सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको र  त्यसको कार्यविधि  बनाइ स्थानीय तहले नै यसको सञ्चालन गर्ने तयारी छ । 

कार्यक्रममा बोल्दै मन्त्री राणाले शहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन चुनौती भएको बताएका थिए । 

मन्त्री राणाले स्थानीय तहहरुसँग प्रदेश सरकार संघीय सरकारको  समन्वय हुन नसक्दा पनि धेरै शहर व्यवस्थापन चुनौती बनिरहेको बताए । 

कार्यक्रममा सैनामैनाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्मा, शिवराज नगरपालिकाका नगरप्रमुख  अजय थापा, बर्दघाटका  नगरपालिका नवलपरासीका नगरप्रमुख शम्भु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

  शहरि बिकास खानेपानी मन्त्रालय का सचिब बासु पान्डे मन्त्रालय का महाशाखा प्रमुख गुणानिधि पोख्रेल अधिकार कर्मि गोबिन्द खनाल  वार्ड अध्यक्ष गोपाल पोख्रेल, मन्त्रालय का ईन्जिनियर हरुको सहभागी ता रहेको थियो ।

सम्बन्धित खबर