२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते २०:४५
स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उद्यमशीलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअप एण्ड इनोभेशन समिति र अन्नपूर्ण मिडिया नेटवर्कबिच काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहीबार आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर इन्नेभेशन समितिका सभापति पंकज जालान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले हस्ताक्षर गरे । चेम्बरले युवा उद्यमशीलतासम्बन्धी सञ्जाल विस्तार गर्ने, कानुनी सहायता र लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्बन्धमा सहमति भएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले स्टार्टअप उद्यमशीलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए । युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन एवम् रोजगारी सिर्जना गर्न चेम्बरले स्टार्टअप एण्ड इन्नोभेशन समिति मार्फत काम गरिरहेको अग्रवालले बताए । स्टार्टअप एण्ड इन्नोभेशन समितिका सभापति पंकज जालानले युवा उद्यमशीलता विकासका लागि अभियान चलाउने र युवाहरुलाई समितिका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise