२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सप्तरीमा निःशुल्क स्वास्थ्य शिविरः १ सय ४ जनाको स्वास्थ्य परीक्षण

shivam cement
मनु यादव निरज
२०८१ भदौ २९ गते २२:१२
Shares
सप्तरीमा निःशुल्क स्वास्थ्य शिविरः १ सय ४ जनाको स्वास्थ्य परीक्षण

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. २ दिघियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्वेश्वर यादव (डाडो)को छैठो स्मृति दिवसको अवसरमा शिविर सम्पन्न भएको हो । 

विश्वेश्वर यादव स्मृति प्रतिष्ठानको आयोजना तथा बलान बिहुल गाउँपालिकाको संयोजनमा कार्यक्रम सम्पन्न भएको छ । 

शिविरमा छिन्नमस्ता अस्पतालका वरिष्ठ चिकित्सक डा. विजय गुप्ता र डा. रमेश यादवको नेतृत्वमा चिकित्सकहरुको टोलीले १ सय ४ जना बिरामीहरुको स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरेको हो ।

कार्यक्रम प्रतिष्ठानको अध्यक्ष नागेश्वर यादवको अध्यक्षता र बलान बिहुल गाउँपालिकाको प्रमुख खेमचन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य वृद्धिलाल यादव, जनमत पार्टीका नेता राजकुमार साह, पंडित शिवराम यादव, ललित कुमार यादव, बजरंगी यादव, बिरेन्द्र कुमार चौधरी, विजय यादव, उपमेयरको स्वकीय सचिव महिन्द्र यादव लगायतका उपस्थिति रहेको प्रतिष्ठानका अध्यक्ष  यादवले जानकारी दिए । 

सम्बन्धित खबर