२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा फेरि ३ दिन बिदा

ADV
आबिद हुसेन
२०८१ जेठ ३० गते १९:०५
अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा फेरि ३ दिन बिदा

वीरगञ्ज : तराई–मधेशमा केही दिनयता गर्मी अत्यधिक बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगञ्ज महानगरपालिकाले शिक्षण संस्थाहरुमा फेरि ३ दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगञ्ज महानगरपालिकाले जेठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेक हो । यसअघि महानगरपालिकाले गत जेठ १६ देखि १८ गतेसम्म पनि विद्यालयहरुमा गर्मी बिदा दिएको थियाे ।

बुधबार वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले एक सूचना जारी गर्दै हाल गर्मी बढिरहेकाे र अबका केही दिन अझ गर्मी बढ्ने माैसम विभागकाे पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाकाे स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयहरुम जेठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी बिदा दिने निर्णय गरिएको जनाएका छन् ।

पर्सा, बारालगायत मध्य तराईका जिल्लाहरुमा जेठ महिना शुरु भएयता गर्मी अत्यधिक बढिरहेको छ । यस क्षेत्रमा तापक्रम बढेर अधिकतम ४० देखि ४३ डिग्री सेल्सियससम्म पुगेको छ ।

गर्मी अत्यधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएकाले विद्यालयहरुमा गर्मी बिदा दिनुपर्ने भन्दै यहाँका अभिभावकहरुले सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise