२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

देउरी स्वास्थ्य चौकी त्रियुगा नगर अस्पतालको स्तरोन्नति

ADV
बिन्द्र राई
२०८१ असोज ३ गते २१:३४
देउरी स्वास्थ्य चौकी त्रियुगा नगर अस्पतालको स्तरोन्नति

उदयपुर : त्रियुगा नगरपालिका –५ देउरीमा रहेको देउरी स्वास्थ्य चौकी त्रियुगा नगर अस्पतालको स्तरोन्नति गरिएको छ । सरकारको नीति तथा कार्यक्रम अनुसार  देउरी वडा कार्यालय, आम नागरिक, राजनीतिक दल तथा  त्रियुगा नगरपालिकाको पहल कदमी सहकार्य सहयोगमा देउरी स्वास्थ्य चौकीलाई त्रियुगा नगर अस्पतालमा स्तरोन्नति गरिएको हो ।

उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाको मेयर बसन्त कुुमार बस्नेतले यो नगर अस्पताल त्रियुगा नगरपालिका वासीको लागि गौरवको रुपमा रहेको बताए । उनले  यस अस्पताल जिल्ला अस्पतालको सहयोगी तथा  बाह्य जिल्ला सिरहा,सप्तरीको लागि पनि महत्वपूर्ण थलो बन्न सक्ने बताए । मेयर बस्नेतले नगर अस्पताल नगरवासीको लागि सञ्चालन गरिएको हुँदा नगरले नै सञ्चालन गर्ने बताए । 

बस्नेतले अस्पताल सञ्चालनमा स्रोत साधन,दक्ष जनशतिm, भौतिक पूर्वाधारमा कमी हुन नदिने बताए ।

देउरी स्वास्थ्य चौकी परिसरभित्र त्रियुगा नगर अस्पताल स्तरोन्नति हुनुभन्दा अगाडि स्वास्थ्य चौकी चार वटा पुरानो भवनमा सञ्चालनमा रहेको थियो ।

स्वास्थ्य चौकी नगर अस्पतालमा स्तरोन्नति भएपछि अनुमानित  ९ लाख ५० हजारमा निर्मित भवनमा  ५ शय्याको आकस्मिक कक्ष सञ्चालनमा ल्याइएको छ, भने हाल ३ जना मेडिकल अफिसर कार्यरत रहेका छन् । अस्पतालले  आँखा जाँच शिविर, प्रयोगशाला, आकस्मिक लगायत सेवाहरु सञ्चालन गर्नुका साथै  एक भवन निर्माणको डीपीआर प्रक्रिया अगाडि बढिरहेको त्रियुगा नगरपालिका ५ को वडाध्यक्ष उद्धव थापाले बताए । 

बिहीबार संविधान दिवसको अवसर पारेर अस्पताल परिसरको आकस्मिक भवनभित्र त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना रेडक्रस सोसाइटी उदयपुरको सहयोगमा रक्तदान गरिएको थियो ।

रक्तदान कार्यक्रममा १६ जना सहभागीहरुले रक्तदान गरेको आकस्मिक कक्षको प्रमुख सुशान्त चौधरीले जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise