२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लुम्बिनीमा जथाभावी सडक खन्न प्रतिबन्ध गरिँदै

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज ३ गते २२:००
लुम्बिनीमा जथाभावी सडक खन्न प्रतिबन्ध गरिँदै

भालुवाङ : लुम्बिनी प्रदेश सरकारले सडक सञ्जाल गुरुयोजना बनाएर लुम्बिनी प्रदेशको सडक विकास कार्यक्रम अन्तर्गत गुरुयोजना  निर्माणको कामलाई तीव्र गतिमा अगाडि बढाएको छ ।

सडक सुधार सञ्जाल अन्तर्गत  प्रदेश सरकार  भौतिक पूर्वाधार विकास मन्त्रालय देउखुरीले  प्रदेश स्तरका सडकहरुलाई व्यवस्थित गर्ने र दुर्घटना नहुने गरी सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएको भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले जानकारी दिए  । 

लुम्बिनी प्रदेशमा सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न जथाभावी पहुँचका आधारमा बजेट हाल्ने, हिउँदमा बनाएका सबै सडक बर्खामा सक्किने, त्यसको कुनै उपलब्धी हुन नसक्ने देखिएपछि  प्रदेश सरकारले सडक  गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको भौतिक मन्त्री ढकालले बताए ।

लुम्बिनी प्रदेशको दिगो विकासको लक्ष्य बोकेर प्रदेश सरकार अगाडि बढेकाले भावी सन्ततिलाई समेत काम लाग्ने र दिर्घकालिन हुने गरी  प्रदेश  सडक गुरुयोजना निर्माण गर्न लागिएको भौतिक पूर्वाधार मन्त्रालय लुम्बिनीका सचिव माधव प्रसाद भट्टराईले बताए । ‘गुरुयोजना निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ,’ सचिव भट्टराईले मध्यान्हसँग भने,‘प्रदेशको आफ्नै लोकमार्ग र प्रदेशको आफ्नै सडकको क्षेत्र निर्धारण हुन्छ, यसले लुम्बिनी प्रदेशमा सडकको विकासले फड्को मार्छ ।’

सरकारको वार्षिक योजना अनुसार बजेट विनियोजन गर्ने र कार्यान्वयन गर्ने काम सहज रुपमा अगाडि बढाउन सरकारलाई सहज हुनेछ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नेकपा एमालेका महासचिव शंकर पोख्रेल भएको बेला २०७७ सालमा सडक निर्माण, मर्मत सम्भार तथा विस्तार गर्न प्रदेश संसदबाट प्रदेश सडक ऐन  ल्याएको थियो । यही ऐनलाई निरन्तरता दिँदै  कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले अहिले प्रदेश सडक गुरुयोजना निर्माणको काम अघि बढाएको भौतिक पूर्वाधार मन्त्रालय योजना महाशाखा प्रमुख बिनोद चौधरीले बताए । प्रस्ताव तयार भएपछि सबै  जिल्लाका प्रदेश सभा सदस्यहरुलाई राखेर अन्तिम रुप दिनका लागि घनिभूत छलफल गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री  चेतनारायण  आचार्यको भनाइ छ । 

प्रदेशमा सडक गुरुयोजना  नबन्दा लुम्बिनी प्रदेशका १२ जिल्लामा सडकको  समस्या धेरै छ । अहिलेको सरकारले प्रदेश सडक गुरुयोजनालाई लागू गर्ने गरी अघि बढेकोले अब लुम्बिनी प्रदेशका सडकहरु बलिया भरपर्दा  हुन्छ र सडकका नाममा पीसी बाकेर्निङ गर्ने र कम गुणस्तरीय काम गराउने मिलिजुली खाने परिपाटीको अन्त्य हुने सरकारको विश्वास छ  । 

प्रदेशभर दशैंपछि गुरुयोजना लागू गरेर मात्रै सडक निर्माण हुने गरी काम अगाडि बढाइएको छ । लुम्बिनी प्रदेशभित्रका धेरै सडकहरुमा हिउँद भर काम गर्ने करोडौं रकम खर्च हुने बर्खामा आउने तीन दिनको पानीले सडकको नाम निसाना समेत मेटिने गरी बगाउने फेरि सडक पूर्वाधार कार्यालयमार्फत बजेट हाल्ने र फेरि प्राविधिक र निर्माण कम्पनीको मिलेमतोमा रकम खाने परम्परागत चलन अन्त्य गर्ने सरकारको लक्ष्य छ ।  लुम्बिनी प्रदेशमा सडक सुधार सञ्जाल परियोजना पनि लागू भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise