२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नौमती पञ्चे बाजा हस्तान्तरण

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज ४ गते २१:११
नौमती पञ्चे बाजा हस्तान्तरण

सन्धिखर्क : सन्धिखर्क नगरपालिकाले श्रीजनशिल नौमती पञ्चे बाजा समूह सनपा १२ डिभर्नालाई एक सेट नौमती पञ्चे बाजा प्रदान गरेको छ ।

सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले सो पञ्चे बाजा समुहकी अध्यक्ष निमकला ताम्राकारलाई  हस्तान्तरण गरेका हुन् ।  सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सिकाइ प्रवद्र्धन र सामग्री हस्तान्तरण कार्यक्रम अन्तर्गत यी बाजा प्रदान गरिएको हो । 

गत असार २४ गते सो कार्यक्रम अन्तर्गत उक्त पञ्चे बाजा समूहका १५ जना महिलाहरूले सन्धिखर्क नगरपालिकाबाट तालिम लिएका थिए । 

सो तालिमको प्रशिक्षण  राष्ट्रिय जनसांस्कृतिक महासंघ केन्द्रीय सदस्य,कलाकार शिव शाहले दिएका थिए । 

सामग्री वितरण गर्दै  नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले  यो सीप  कलाले  महिलाहरू आत्मनिर्भर बनाउन सहयोग पुर्‍याएको बताए । निरन्तर कला साधनाले मात्र सक्षम कलाकार बनाउन सहयोग पु¥याउने भएकोले साधनालाई निरन्तरता दिन उनले अनुरोध गरे ।

बाद्य बादनमा दमाहा २ सेट, सहनाइ २ सेट, टेमकुलो १ सेट, ढोलकी १ सेट, कर्नाल १ सेट, नरसिंह १ सेट, झ्याली १ सेट गरी ९ थान बाजा रहेका छन् ।

यो बाजा समूहकी टिम क्याप्टेन पार्वता श्रेष्ठ र संयोजकमा मिना श्रेष्ठ रहेकी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise