२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

लघुकथा : आफ्नै कुरा

ADV
२०८१ असोज ५ गते ०६:२५
लघुकथा : आफ्नै कुरा

–धनराज गिरी

“कति फुरेको ? कति लेख्न सकेको हो ? किन यति अराजक हो ? अण्टसण्ट जे पनि लेख्ने ?” एक अल्छी, जसले जीवनमा तीन वाक्य पनि लेखेन र पनिलाई पनी, नि निपातलाई नी र मानिसलाई मानीश लेख्यो जिन्दगीभर । “हो त, दिक्क बनाउने । अराजक नै हो । ज्याद्रो । कसैको पनि कुरा सुन्ने होइन । आफ्नो सुर छ, छ । कति सोचेको ? दिक्क लाग्यो ।” दोस्रो पण्डित, शुभचिन्तक, सबैको, एक गतिलो भ्रम । तेस्रो अघि स¥यो, “होइन यार, प्रतिभा त छ, तर खेर फाल्यो । टाउको कत्रो छ ! आम्मै, तिहारमा दिदीबहिनीले ढाका टोपी नपाउने रे बजारमा ! मान्छे कस्तो जन्मिएको हो, अजेय । आशुतोष पनि । साना–साना कुरामा पनि रमाउने । जे भए पनि मान्छे रिसाउने होइन है, खराब भन्न मिल्दैन, जिद्दी हो, अराजक हो । फेसबुके विश्वकर्मा । होइन, पढाउने बेलामा पनि त्यस्तै हो अरे ! १८ घण्टा पढाउने, एक दिनमा ! ए राता मकै, म त पागल हुन्छु हौ सुन्दा पनि !”

सम्पूर्णमा । गफ चलिरहेको छ । कुरा उद्योगमा आत्मनिर्भर नेपालीहरू । नयाँ किताब आएको ‘अविश्रान्त लखर लखर !’ त्यही लिन आएका सर्जकहरू, पाठकहरू । कुरै कुरामा आयो कुरा, एक अराजक “ट्यागे, फेसबुके, बकबके, चकचके, योगी महाराजको ।” ऊ यहाँ छैन । यति अनुपम सौन्दर्य मीमांसा सुनेपछि, कुनामा बसेको एउटा अलि पाको पात्र अघि सर्यो । “हाम्रो प्राचार्य किरणेश्वर गिरोपाध्याय मायालु सर पनि केही भन्न खोज्नुहुन्छ हो ?” निर्दोष जीवनोपाध्याय माइकल ट्रम्प वाइडेन बोल्यो । “म पनि आज बोल्छु है ।” अनुमति लियो । “थोरै बोल्नेको कुरा धेरैले सुन्छन् । बोलौं सर ! मित्र हजुरको त त्यो घनटाउके, होइन त ?” उकासो पिकासो गायत्रीकान्त मैनाली । 

“कुरा म मित्रको होइन, माटोको गर्न खोज्दै छु । बड गाउँ, सुरताना नाम सुनिएकै होला । त्यहाँ एक कट्ठामा आठ मुरी धान फल्यो अरे । माटोको क्वालिटी, कति उर्वर ! अब्बल, दोयम, सीम, चाहार भनेजस्तै, यो मान्छेको गिदी पनि माटो हो, माटो । अब्बल गिदी अति दुर्लभ, जसलाई हामी “जिनियस, प्रतिभा, मेधावी के–के भन्छौं । त्यो मोरो, मेरो मित्र, यूनिक हो ? होइन ! त्यो यूनिक होइन । त्यो त हजार यूनिकहरू मध्येको ‘यूनिक’ हो । सङ्गत गर्नुभएको छ ? अन्धाले हात्ती छामेको जस्तो त होइन ? होला, अलि अलि अराजक होला, म पनि मान्छु । मैले पनि गाली गरेको छु, अति नसोच त, भनेर । तर हिमनदी बग्दैन र ? हावा चल्दैन र ? सास रोकिन्छ र ? उसले जे जे लेखे पनि, जति लेखे पनि कसैलाई अहित गरेको छ र ? फुर्सद छ, काम छैन, फुर्छ, लेख्छ । विनोद चौधरीलाई यति धेरै पैसा किन कमाएको भन्न नसक्ने, हामी ! एउटा सर्जकले लेख्यो त लेख्यो । झन् तारिफ गर्नुपर्ने होइन र ? पक्षधरता होइन यो, म मेरो मित्रको वकिल पनि होइन । तर यो अलि न्याय भएन कि भनेर । के त्यो जोगी खराब मान्छे हो ?” अलि कडा भयो मायालु । 

“माटो बिम्ब सही आयो सर, होइन होइन, मेरो दाइ खराब मान्छे कुनै हालतमा पनि होइन । डिप्लोम्याट त हो । भित्री चलाख, अति लेख्न सक्नु दाइको विशेषता हो । खुबी छ । मान्छु म पनि । अब मानक स्रष्टा भन्न सकिन्छ । हजुर मायालु, मेरो दाइ दयालु, मान्छे त शीतल समीर, मनले अमिर, जोगाउने जमीर, विवेक छ, अलि बढी त लेख्ने नै हो, अराजक त हो, सिर्जनशील अराजकतालाई त मानिन्छ । मनराज, हाम्रो दाइ, बेटर अफ द वेस्ट ! मान्छु म पनि । नो डाउट एट अल !” नदीन चौबीस रिलोपाध्याय लिटिल बुद्ध । “मेरो त बा, केही बोल्दिन । माया गरेर आशीर्वाद दिनुहुन्छ । मनग्गे !” सम्पूर्ण मालिक, ग्रन्थराम गजलोपाध्याय । बैठक सकियो । 

ADVADV

सम्बन्धित खबर

Advertise