२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

बलान बिहुल गाउँपालिकामा मनाइयो विश्व शान्ति दिवस

ADV
घुरन यादव
२०८१ असोज ५ गते २१:०६
बलान बिहुल गाउँपालिकामा मनाइयो विश्व शान्ति दिवस

सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिकामा एक कार्यक्रमबीच ४२ औं  विश्व शान्ति दिवस मनाएको छ । सो अवसरमा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले शान्तिको प्रतिक परेवा उडाएको थियो ।

बलान बिहुल गाउँपालिकाको चन्ही चौकबाट विभिन्न टेम्पलेट बोकेर शुरू भएको प्रभातफेरी गाउँपालिका कार्यालय अगाडि कोणसभामा परिणत भएको थियोे । 

सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले सशस्त्र द्वन्द्वबाट गुज्रिएको विस्तृत शान्ति सम्झौतापछि समृद्धितर्फ अगाडि बढीरहेको बताए । कुनै पनि द्वन्द्वको समाधान संवादबाटै भएकोले आजको समयमा एक अर्कोको  सह–अस्तित्व स्वीकार्दै अगाडि बढनुपर्नेमा जोड दिए । 

बलान बिहुल गाँउपलिकाको समन्वयमा तथा इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा  समग्र जन उत्थान केन्द्र लहानद्वारा सञ्चालित न्यायमा पहुँच सवलीकरण परियोजना अन्तर्गत रहेका न्यायका लागि नागरिक सञ्जाल बलान बिहुलका संयोजक पशुपती यादवको अध्यक्षतामा सम्पन्न भएको हो । 

सो कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सप्तरीका सदस्य विरधिलाल यादव, बलान बिहुल गाउँपालिकाका कार्यपालिका सन्तोष साह लगायतका वक्ताहरूले शान्तिमै उन्नति रहेकोले बाटो नबिराउन सहभागीहरूमा आग्रह गरे । 

सो कार्यक्रम स्वागत मन्तव्य न्यायका लागि नागरिक सञ्जाल सदस्य पत्रकार रासिन्द्र यादवले गरेका थिए । 

संयुक्त राष्ट्र महासभा बैठकको निर्णय बमोजिम हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो ।

कार्यक्रममा बलान बिहुलका गाउँपालिका कार्यपालिका सदस्य संजिव शर्मा, कार्यपालिका सदस्य सरस्वती यादव, वडा नम्बर –५ का वडा सदस्य उपेन्द्र यादव,  सशस्त्र प्रहरी रामनगर कोदरकट्टीका सशस्त्र प्रहरी निरीक्षक, नेपाल प्रहरी चन्हीका प्रहरी सहायक निरीक्षक हेमन्त तमाङ,  बलान बिहुलका सूचना प्रविधि अधिकृत मुकेश यादव, सरस्वती साना किसान सहकारीका मल्हनियाँका अध्यक्ष चानो राम, पत्रकार रामशंकर भण्डारी लगायतको सहभागीता रहेको थियो । यस्तै साँझ चन्ही चोकमा दिप प्रज्वलन गरी ४२ औं विश्व शान्ति दिवस मनाइएको समग्र जनउत्थान केन्द्रका सामाजिक परिचालक लोकेन्द्र प्रसाद यादवले जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise