२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

अर्घाखाँची अस्पताललाई बेड हस्तान्तरण

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असोज ५ गते २१:०८
Shares
अर्घाखाँची अस्पताललाई बेड हस्तान्तरण

सन्धिखर्क : नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची अस्पताललाई १० थान ‘बेड कम चेयर्स’ हस्तान्तरण गरेको छ । टेलिकम केन्द्रीय कार्यालयले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को उपलक्ष्यमा कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत यी सामग्री प्रदान गरिएको हो । नेपाल टेलिकम दूर सञ्चार कार्यालय पाल्पा प्रमुख इन्जिनियर राकेश पाण्डेले अस्पताल प्रमुख जगन्नाथ तिवारीलाई यी सामग्रीहरू हस्तान्तरण गरिएको  हो ।

ncell

अस्पतालमा उपचारको लागि आउने बिरामीका कुरूवाका लागि लक्षित गरेर यी सामग्री हस्तान्तरण गरिएको हो । यो साधन दिनमा फोल्ड गरेर कुर्सी आकारको बस्न सकिने र  रातमा तानेर बेड बनाएर सुत्न सकिन्छ । यसरी टेलिकमले प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, वृद्धाआश्रम, बाल आश्रम लगायतका सामाजिक संघसंस्थाहरूमा राहत सामग्री हस्तान्तरण गर्दै आएको छ, भने वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका क्षेत्रमा समेत  सहयोग पुर्‍याउँदै आएको नेपाल टेलिकम केन्द्रीय कार्यालय सहायक व्यापार अधिकृत बेद प्रसाद पौडेलले जानकारी दिए । 

उनले टेलिकमले गत वर्ष सन्धिखर्क नगरपालिका २ भगवती मा.वि. कुर संखेटारी र भगवती मा.वि.ढाकावाङ्गमा १ वर्ष निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको र सुपादेउराली मन्दिरमा केही थान डस्टविन प्रदान गरिएको हो । 

कार्यक्रममा टेलिकम केन्द्रीय कार्यालय व्यापार अधिकृत कृष्ण प्रसाद पौडेल, नेपाल टेलिकम अर्घाखाँची पूर्व कार्यालय प्रमुख गोबिन्द पराजुली, निमित्त कार्यालय प्रमुख धर्मेन्द्र वि.क,  अस्पताल प्रमुख डा.जगन्नाथ तिवारी, डा.अशोक शाह, इन्जिनियर खगेन्द्र ढकाल   लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर