२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

ज्येष्ठ नागरिक संरक्षण अक्षयकोष स्थापनार्थ २२ लाख बढी संकलन

ADV
युवराज पुन
२०८१ असोज ५ गते २१:१३
ज्येष्ठ नागरिक संरक्षण अक्षयकोष स्थापनार्थ २२ लाख बढी संकलन

सुनवल : सुनवल सत्मार्ग बहुआयमिक समाज र श्री कृष्ण धाम विकास समितिको संयुक्त आयोजनामा श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजित पुजामा २२ लाख बढी रकम संकलन भएको छ । 

ज्येष्ठ नागरिक संरक्षण अक्षयकोश स्थापनार्थ गत भदौ ८ देखि १० गतेसम्म सञ्चालित पुजाको शनिबार आयव्यय सार्वजनिक गरिएको छ । 

समितिका अध्यक्ष मोहन कार्कीको अध्यक्षता एवं सुनवल सत्मार्ग बहुआयमिक समाजका अध्यक्ष भिम बहादुर थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा कुल आम्दानी २२ लाख ८४ हजार १ सय ४० भएको जनाइएको छ । यस्तै खर्च ११ लाख १ हजार २ सय ७१ भएको छ, भने बचत ११ लाख ८२ हजार ८ सय ६९ रहेकोे आर्थिक संयोजक लीला धर सापकोटाले बताए । 

सो अवसरमा चन्दा दाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष बाल कृष्ण पङ्गेनी, पुजा व्यवस्थापन मूल समिति सल्लाहकारहरु विष्णु प्रसाद पौडेल, कृष्ण लामिछाने, यज्ञ पाण्डे, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका अध्यक्ष मोहन कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महा–सचिव मुरली गौतमले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise