२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

कतिपय कानून प्रदेश सभाबाट नबन्दा समस्या भएको छ : मन्त्री थापा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज ६ गते १३:३२
कतिपय कानून प्रदेश सभाबाट नबन्दा समस्या भएको छ : मन्त्री थापा

अर्घाखाँची : लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री  सरोज थापा (रोज राणाले) मुलुकमा संघीयता पूर्णरुपमा सफल भएको बताएका छन् ।

नेपालको संविधान जारी भएपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि हाल दुई पटकसम्म सबै तहका आवधिक निर्वाचनहरु सम्पन्न भएकाले संघीयता पूर्णरुपमा सफल भएको उनको भनाइ थियो ।

दाङको देउखुरी मसेरियामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले संघीय संरचनाअनुसारको कार्य सम्पादन गर्ने अभ्यास नवीन भएकाले प्रथम कार्यकालमा सबै तहका सरकारले सिकाइ र अनुभवहरु ग्रहण गरिसकेकाले दोस्रो कार्यकालमा उत्कृष्ट काम गर्नबाट चुक्न नहुने बताए ।

मन्त्री थापाले संघीयताको मर्मअनुसार जनतालाई सहज, सरल सेवा प्रदान गर्नका लागि जनप्रतिनिधिहरु जिम्मेवार हुनुपर्ने बताउँदै उनले सिंहदरबारको अधिकार गाउँमा भनिएपनि त्यो अधिकारको महसुस जनताले गर्न नपाएको बताए ।

मन्त्री थापाले संघीयता संस्थागत तथा संरचनात्मक सुदृढ हुँदै गएको बताए । संविधानले निर्दिष्ट गरेका अनुसूची ६ मा उल्लेख भएका प्रदेशका एकल अधिकार क्षेत्रका थुप्रै कानूनहरु निर्माण भइ कार्यान्वयनमा रहेको बताउँदै उनले प्रदेश निजामती ऐन, प्रदेश स्थानीय ऐन आएकाले अब कार्यान्वयनमा गएपछि कर्मचारीको वृत्ति विकास हुने बताए ।

मन्त्री थापाले अनुसूची ७ मा उल्लेख भएका संघ र प्रदेशका साझा अधिकार, सूचीभित्रका कानूनहरु पूर्णरुपमा प्रदेश सभाबाट नबन्दा अझै केही कानूनी जटिलता रहेको बताए  ।

मन्त्री थापाले संविधानको पूर्ण कार्यान्वयन गर्दै नागरिकका हक अधिकार सुरक्षित गर्दै विकास र सुशासनको प्रतिफल आमनागरिकसम्म पुर्‍याउने कर्तव्य सबैको भएको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise