२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज ६ गते २१:३१
भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफू नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न कठोर भएर निर्णयहरु गरेर अघि बढेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी एमाले लुम्बिनी प्रदेश भित्रका केन्द्रीय सदस्यहरुको दाङको तुलसीपुरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नयाँ सरकार बनेको ६० दिनमा सुशासन, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयास र निर्णयबारे जानकारी गराएका छन् । 

सुशासनका लागि सरकारले महत्वपूर्ण निर्णयहरु गरेर निर्मम कदमहरु चालेको उनले बताए । ‘पूर्व विशिष्ठ व्यक्तिको सेवासुविधा खारेज गर्‍यौं । यो निर्णयले जनतामा आशा जगाएको छ’ उनले भने, ‘मुख्यमन्त्री, मन्त्रीहरुलाई आचारसंहिता लगायौं । मुख्यमन्त्री र मन्त्रीहरुलाइ जवाफदेही बनाउने काम गरिएको छ ।’ 

योजना कार्यान्वयनमा देखिएको बेथिति रोक्न प्रतिस्पर्धाबाट योजना कार्यान्वयन गर्ने नीति अवलम्बन गरेकाले यसले सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

यस्तै मुख्यमन्त्री आचार्यले चालू आर्थिक वर्षमा विनियोजन भएको बजेट इमानदारी पूर्वक  कार्यान्वयन गरिने जानकारी दिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise