२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

विकास निर्माणका प्रगति र भावी योजनामा छलफल

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज ७ गते २०:३५
विकास निर्माणका प्रगति र भावी योजनामा छलफल

भालुवाङ : लुम्बिनी प्रदेश सरकारले राजधानी शहर निर्माण बारे अहिलेसम्म भएका प्रगती र भावी योजनाको बारेमा सरोकारवालासँग छलफल गरेको छ । 
मुख्यमन्त्री चेतनारायण आचार्यले संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्री, संसदीय दलका प्रतिनिधि, प्रदेश सभा सदस्यहरुको विशेष उपस्थितिमा राजधानी शहर निर्माणबारे हालसम्म भएका प्रगती र भावी योजनाको बारेमा छलफल चलाएका हुन्  । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ति उपत्यका देउखुरीमा भएको बृहत् छलफलमा  देउखुरी राजधानी क्षेत्रका स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी लगायत सरोकारवाला पक्षहरुसँग छलफल र सुझाव संकलन गरिएको हो । जग्गा एकीकरणको कामले गति लिनुपर्ने, सरकारले लिएको लक्ष्य अनुसार छिट्टो शहर निर्माणको काम अघि बढाउन सरोकारवाला पक्षले सरकारको  ध्यानाकर्षण गराएका थिए ।

प्रदेश सरकारले राजधानी शहर निर्माण गर्न लगानीको खोजी शुरु गरेको छलफलमा जानकारी गराइएको थियोे ।  एक खर्बको लागतमा २० वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रदेश सरकारले नदी सभ्यतामा आधारित नमुना शहर निर्माणको लागि लगानीको खोजी शुरु गरेको मुख्यमन्त्री चेतनारायण आचर्यले जानकारी दिए । 

पहिलो चरणमा २५ अर्ब बजेटको स्रोत सुनिश्चित गर्न सरकारले पहल थालेको मुख्यमन्त्री आचार्यले  बताए  । यसमा स्थानीय नागरिक, राजनीतिक दलहरु स्थानीय जनप्रतिधिहरुको सामुहिक प्रतिबद्धता आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ थियोे । ‘सबैको  प्रतिबद्धता प्राप्त भएकै दिनबाट सरकारले ऋण प्राप्तिको प्रक्रिया थाल्छ’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश सरकारको बजेटले राजधानी शहर निर्माण धान्न सक्दैन, संघ सरकारको बजेट पनि अपुग हुन्छ । यसका लागि दातृ निकायहरुको साथ र वैदेशिक ऋणको खोजी गर्दैछौं ।’

ADVADV

सम्बन्धित खबर

Advertise