काठमाडौं : नादेज्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाली महिला टोलीले उज्वेकिस्तान प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली विचको खेल किर्गीस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममामा अपरान्ह पौने चार बजे हुनेछ ।
पहिलोपटक प्रतियोगितामा सहभागी भएको नेपाल उपाधि घर भित्राउने प्रयासमा छ । नेपाललाई आज समूह चरणमा उज्वेकिस्तानसंग ब्यहोरेको हारको बदला लिने अबसर समेत रहेको छ ।
फिफा बरियताको ४४ औ स्थानमा रहेको उज्वेकिस्तानलाई हराउन १ सय १ औ स्थानमा रहेको नेपाललाई त्यति सहज भने छैन । फिफा बरियतानै नपाएको किर्गीस्तानले पहिलो पटक चार टिमलाई सहभागीता गराउँदै नादेझ्दा कप आयोजना गरेको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies