२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नदी अनुगमन तथा नदीखण्ड सह–व्यवस्थापन तालिम सम्पन्न

ADV
सन्तोष पौडेल
२०८१ जेठ ३१ गते २२:०४
नदी अनुगमन तथा नदीखण्ड सह–व्यवस्थापन तालिम सम्पन्न

बर्दिया : बर्दियाको राजापुरमा दिगो माछा मार्ने विधि, नदी अनुगमन तथा नदीखण्ड सह–व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । ‘कर्णाली नदीमा ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सवलीकरण परियोजना’ अन्तर्गत सोनाह विकास समाजले तालिम सञ्चालन गरेको हो ।

विश्व वन्यजन्तु कोष नेपालद्वारा नेपाल सरकारसँगको समन्वय र बेलायत सरकारअन्तर्गत दार्विन इनिसिएटिभको सहयोगमा सोनाहा विकास समाज बर्दिया, डल्फिन संरक्षण केन्द्र कैलाली, मुक्त कमैया महिला विकास मञ्च कैलाली र साना स्तनधारी संरक्षण तथा खोज अनुसन्धान केन्द काठमाडौंद्वारा परियोजना सञ्चालित छ ।

कर्णाली नदी तथा नदीका माछामा आश्रित सोनाह तथा थारु समुदायको क्षमता अभिवृद्धि गराइ जीविकोपार्जनमा सहयोग गर्दै कर्णाली नदीमा हुने अनियमितता तथा अवैधानिक उत्खनन र माछा मार्ने आधुनिक विधिमा गिरावट ल्याइ माछाको प्रचुरता वढाउन तथा नदीमा आश्रित समुदायको जीवनस्तरमा वृद्धि गरी ओतको वासस्थामा सुधार ल्याउने उद्देश्यले तालिमको आयोजना गरिएको सोनाह विकास समाजका कार्यक्रम संयोजक रत्न के.सी.ले बताए ।

तालिममा कर्णाली नदीको तल्लो तटमा आश्रित समुदायको बस्तीअनुसार कैलालीको लम्किचुहा नगरपालिकाको बलचौरदेखि बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ४ छेदियासम्म गठन गरिएका १५ वटा सामुदायिक नदीखण्ड व्यवस्थापन समूहहरुबाट ४५ जनाको सहभागिता रहेको थियो ।

तालिममा नेपालको जलस्रोत र जलीय जीवहरुको सिंहवालोकन तथा आइयुसियनको आधारमा संरक्षण स्थिति, समुदायमा–आधारित नदी अनुगमन, समुदायमा आधारित नदी अनुगमनको तरिका र दस्तावेजीकरण, नदीखण्ड संरक्षणका लागि सह–व्यवस्थापन, समुदायको स्वामित्वमा आधारित नदीखण्ड संरक्षणका लागि सह–व्यवस्थापन एवम् अभ्यासका प्रक्रियाहरु तथा दिगोरुपमा माछा समात्ने अभ्यासहरु र माछा समात्ने साधन तथा उपकरणहरुको चिनारीका बारेमा सहजिकरण गरिएको थियो । साथै कार्यक्षेत्रमै गएर नदी अनुगमन र दस्तावेजीकरण प्रक्रियाका बारेमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो ।

दुई दिनसम्म चलेको तालिमको सहजीकरण मत्स्य संरक्षण तथा मत्स्य खेती विज्ञ सुरेश कुमार वाग्लेले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise