२०८१ असोज १० गते बिहिवार / Sep 26 , 2024 , Thursday
२०८१ असोज १० गते बिहिवार

योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिति अन्त्य गरिन्छ : मुख्यमन्त्री आचार्य

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज ९ गते २१:५६
योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिति अन्त्य गरिन्छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिति अन्त्य गर्न  र योजना माग्न मन्त्रालय नेताको घर जनप्रतिनिधि कहाँ जाने परिपाटीको अन्त्य लुम्बिनी प्रदेश सरकारले गर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति अर्घखाँचीको सन्धिखर्कमा बुधबारबाट  शुरु भएको  वार्षिक समीक्षा गोष्ठीको सन्धिखर्कमा उद्घाटन  गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउने गरी हुनुपर्ने बताए । 

यस्तै उनले विगतमा गरिएका कामको निकै मसिनो गरी समीक्षा गर्दै भावी योजना निर्माणमा जुट्न सबै सरकारी कार्यालयका कर्मचारीलाई आग्रह गरेका हुन्  । ‘मुलुक बनाउने जिम्मेवारी तीन तहका सरकार र त्यसको नेतृत्व गर्ने जनप्रतिनिधिको भएको बताउँदै  यसका लागि तीन तहकै सरकारले आफ्ना योजनालाई परिणाममुखी बनाउन जरुरी रहेको उल्लेख्य गर । 

कुनै पनि योजनाको विगतको समीक्षा नगरी अर्को योजना बनाउँदा सफलता नमिल्ने भन्दै समीक्षाबाटै निकास खोज्न सबैलाई उनले अनुरोध गरे । 

चालु आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गर्दै उनले ५ लाख भन्दा माथिका सबै योजना असोज महिनाभित्र टेन्डर निकाली कामलाई दु्रत गतिमा अगाडि लैजान कर्मचारीलाई निर्देशन दिए ।

जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन नीतिगत सुधार गर्न प्रदेश सरकारले भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । 

आचार्यले भने,‘केही कानूनी बाधा छन् । ती बाधा, जटिलता फुकाउन हिउँदे अधिवेशनमा छलफल हुने र जिल्ला समन्वय समितिको भूमिका बढाउन नीतिमै सुधार गर्न प्रदेश सरकार सकारात्मक रहेको छ ।’ 

स्थानीय तहको कामलाई प्रभावकारी बनाउन स्थानीय सेवा ऐनले भूमिका खेल्ने, थप्नुपर्ने बिषयहरु भए संशोधन गरेर जान सकिने बाटो खुला रहेको मुख्यमन्त्री आचार्यको  भनाइ छ ।

समीक्षा कार्यक्रममा  पूर्व मन्त्री सुशिला श्रीपाली ठकुरी, प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेल  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise