२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा

shivam cement
रासस
२०८१ असोज ११ गते १०:५२
Shares
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचो : मन्त्री राणा

अमेरिका : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन् । 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन यहाँ आएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे उक्त धारणा राखेकी हुन् । 

उनले भनिन्, “हामीहरूको साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नु नपरेको चुनौतीहरूको सामना गर्नु परिरहेको छ, यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो ।” जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो उनको भनाइ थियो ।

अहिले हिमशृङ्खलामा परेको वातावरणीय असरको कारणले बाढीपहिरो तथा पूर्वाधारहरूको क्षयीकरण बढिरहेको उल्लेख गर्दै उनले यसलाई सम्बोधन गरेर मानवीय सङ्कट कम गर्न सबै तप्काले सहकार्य गर्न जरुरी रहेको आवश्यकता औँल्याइन्। 

मन्त्री राणाले एशियाली देशहरूले यस्ता समस्यासँग जुध्न कसरी रणनीति बनाएर सामना गर्न सक्छौ भन्ने कुराले एशियाली सहकार्य संवादको उपादेयिता हुने विषय मापन गर्दछ भनिन् ।

हामीहरूको दृष्टिकोण र प्रतिबद्धताले एशिया र विश्वलाई चुनौतीहरूको सामना गर्ने माध्यम बन्न सकोस भन्ने मन्त्री राणाको भनाइ थियो । नेपाल सन् २०१६ देखि एशियाली सहकार्य संवादसँग जोडिँदै आएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर