नेपाली समाजले लोकतन्त्रको बहस थालेको करीव वर्ष पुग्यो । मकै पर्वलाई आधार मान्ने हो भने यो शताब्दीमा सवैभन्दा बढी बहस भएको विषय लोकतन्त्र नै हो । नाम फरक भए पनि सार जनताले जनताका लागि जनताको शासन नै हो । परिवेश फरक भएकाले नेपाली समाजमा जनतामा जनताको शासन बुझाउने शब्दावली पनि अनेक प्रयोग भए । कहिले प्रजातन्त्र, कहिले पूर्ण प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जस्ता शब्दावली प्रयोग भए । राणा शासन चलिरहँदा प्रजातन्त्र भनियो । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पूर्ण प्रजातन्त्रको आवाज पनि उठ्यो । राजतन्त्रकै विरुद्धमा अधिकार खोज्ने क्रममा लोकतान्त्रिक गणतन्त्र स्थापित हुन पुग्यो । नेपालमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेगरी नेपालको संविधान–२०७२ विद्यमान छ ।
संविधानले नै यो देशको सार्वभौम सत्ता नेपाली जनतामा निहीत रहेको तथ्य स्वीकारेको छ । त्यसैले देशको कस्तो बनाउने हो भन्ने निर्णय नेपाली जनताकै हातमा छ । अर्को सपाट तथ्य पनि छ । नेपालको संविधान भन्दा माथि कोही छैन । संविधान भन्दा माथि बस्ने राजा र राणातन्त्रको अन्त्य भइसकेको छ । अब यो देशको मार्गदर्शन जनताले नै गर्ने भएकाले संविधानवादको सिद्धान्त अनुरुप चल्नु बदलिदो नेपालको कोर्स हो । जनताका प्रतिनिधिबाट संविधान निर्माण र संशोधन गर्न सकिनेछ तर, विद्यमान संविधान नै तत् समाजको मार्गनिर्देशन हुन् । यो तथ्य अकाट्य छ ।
तर, संविधान जारी भएको यो वर्षलाई नजिकबाट नियाल्ने हो भने प्रश्न थुप्रै प्रश्न जन्मन्छन् । देशमा संविधानको सर्वोच्चता छ ? यो मुख्य प्रश्न हो । यदि छैन भने यसको समस्या कहाँ छ ? संविधानको सर्वोच्चता छ भने वर्तमान समाजको लोकतान्त्रिक चरित्रप्रति किन नागरिक निराशा ब्याप्त छ ?
उदाहरणका लागि भीभीआईपीप्रतिको नागरिक आक्रोश र यिनीहरुमाथि गरिने व्यवहारमा हाम्रो सामाजिक मूल्याङ्कनलाई लिन सकिन्छ । संविधानअनुसार भीभीआईपी पनि जनताकै प्रतिनिधि हुन् । ती जनप्रतिनिधिले उचित काम गर्न नसकेको तथ्य पनि लुक्दैन । तर, हातपातमै उत्रने, गालीगलोजकै बाटो अपनाउनेजस्ता कार्य लोकतान्त्रिक होइन । अनि यसका विरुद्ध सरकारका उच्च पदस्थहरुले तल्लै तहमा उत्रनु पनि कति उचित होला ? बस्, चिन्ता भनेको लोकतान्त्रिक संस्कारप्रतिकै हो । किनभने, सामाजिक संस्कारले हामीले अवलम्बन गरेको लोकतन्त्रको पनि प्रतिनिधित्व गर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies