२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

सुनवलमा एक सय पाँच कुकुरलाई रेबिज विरुद्धको नि:शुल्क खोप 

shivam cement
युवराज पुन
२०८१ असोज १२ गते १३:४६
सुनवलमा एक सय पाँच कुकुरलाई रेबिज विरुद्धको नि:शुल्क खोप 

नवलपरासी : विश्व रेबिज दिवसको अवसर पारेर नवलपरासीको सुनवलमा एक सय बढी कुकुरहरुलाई नि:शुल्करुपमा रेबिज विरुद्धको खोप लगाइएको छ । 

नेपाल पशु सेवा प्राविधिक संघ (नेल्टा ) नवलपरासीका अध्यक्ष दुर्गा भुसालको अध्यक्षतामा सुनवल २ सोमनाथ स्थित दियालो कृषि सहकारी संस्था लिमिटेडको प्राङ्गणमा प्राविधिक लुम्बिनी प्रदेश सदस्य बिमल ढकाल, जिल्ला सदस्य तुलसी प्रसाद ढकाल, नगर सदस्य कल्पना पौडेलको सहयोगमा स्थानीयहरुको विभिन्न जातका एक सय पाँच कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइएको हो ।

No description available.

रेबिज दिवसको अवसरमा नेल्टाका केन्द्रीय उपाध्यक्ष लक्षमण प्रसाद घिमिरेले बिश्वलाई रेबिज मुक्त बनाऔं भन्ने उदेश्यलाई लक्षित गरी खोप सहयोग गरिएको बताए । 

नेल्टाका लुम्बिनी प्रदेश सदस्यले स्थानीय सरकारको पहलमा भैरहेको खोप वितरणलाई स्थानीय सरकारले तोकेको स्थानमा सर्ब साधारणलाई समयमा पुग्न असहज हुने भएको हुनाले प्राविधिकलाई हरेक वडामा परिचालन गरिदिए जनतालाई सहज हुने भनाई राखे ।

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise