२०८१ असोज १३ गते आइतवार / Sep 29 , 2024 , Sunday
२०८१ असोज १३ गते आइतवार

कतारी आइडी र पासपोर्टको म्याद सकिएका श्रमिकको फाराम दूतावास आफैंले भरिदिने

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज १३ गते २०:५१
कतारी आइडी र पासपोर्टको म्याद सकिएका श्रमिकको फाराम दूतावास आफैंले भरिदिने

दोहा, कतार : अनलाइनमार्फत भर्न मिल्ने पासपोर्ट नवीकरणका लागि फारम भर्न नसकिएको गुनासो बढेसँगै कतारमा रहेको नेपाली दूतावासले समस्यामा परेका श्रमिकको फाराम आफैं भरिदिने भएको छ । आइतबार एक सूचना जारी गर्दै दूतावासले आगामी शुक्रबार कतारी आइडी र पासपोर्टको म्याद सकिएका श्रमिकहरूको एन खालिदमा रहेको नेपाली दूतावासमा बिहान १० बजेबाट अपराह्न ४ बजेसम्म फाराम भरिदिने जनाएको छ ।

राहदानी नवीकरण गर्न आउने श्रमिकले आफ्नो नेपाली नागरिकताको दुवैतिरको फोटोकपी, राहदानीको फोटोकपी, सक्कली राहदानी, कतार आइडी र १ सय ८५ कतारी रियाल लिएर आउन नेपाली नियोगका प्रथम सचिव कृष्ण कुमार सुवेदीले आग्रह गरेका छन् । पासपोर्टको स्लट नखुल्ने र खुले पनि मिनेटभरमै कोटा सकिने गरेको गुनासो बढेसँगै एनआरएनए एनसीसी कतार र कतारमा स्थापित विभिन्न संघ संस्थाहरूबीच छलफल गरी एक कार्यक्रममार्फत दूतावासलाई अप्ठेरोमा परेका श्रमिकका समस्या तत्काल समाधानका लागि आग्रह गरेको थियो ।

दूतावासले श्रमिकका गुनासो र समस्यालाई सकारात्मकरूपमा लिँदै समाधानको पहल थालेकोमा खुसी व्यक्त गर्दै एनसीसी कतारका अध्यक्ष रमेश भट्टले यस्तै कार्यक्रम निरन्तर चल्ने र राहदानी नवीकरण समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे । कतारलाई दैनिक २२० पासपोर्टको फाराम मात्र भर्ने अनुमति भए पनि कतारबाट दैनिक ३५० को हाराहारीमा पासपोर्ट बन्ने गरेका छन् । विदेशमा रहेका ३८ वटा नियोगमध्ये कतारको नियोगले गत आर्थिक वर्षमा मात्र ५५ हजार पासपोर्ट नवीकरण गरेको इतिहास छ ।

ADVADV

सम्बन्धित खबर

Advertise