२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

ADV
सन्तोष पौडेल
२०८१ असोज १४ गते १७:०६
विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिकाका दुई विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको छ । गेरुवा गाउँपालिका वडा नं. ५ को पशुपति माध्यमिक विद्यालय पशुपतिनगर र ठाकुरबाबा नगरपालिका वडा नं. ६ मा रहेको जनज्योति माध्यमिक विद्यालय बकुवालाई विज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको हो । 

पालिकाहरुसँगको समन्वयमा प्लान इन्टरनेशनल नेपाल तथा राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाद्वारा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत दुई वटा विद्यालयमा गरेर १२ लाख ४९ हजार ९ सय ६६ रुपैयाँ बराबरको प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको परियोजनाका संयोजक मनोज पौडेलले बताए । उनले प्रयोगशाला सामग्रीले विज्ञानको विषयमा प्रयोगात्मकरुपमा विद्यार्थीलाई अब्बल बनाउने अपेक्षासमेत परियोजनाले गरेको बताए ।

प्रयोगशाला सामग्री जनप्रतिनिधि तथा प्रतिनिधिहरूको उपस्थितिमा राधाकृष्ण थारू जनसेवा केन्द्रकी कार्यसमिति सदस्य संगीता थापा र परियोजना संयोजक मनोज पौडेलले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवम् सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् । 

सामग्री हस्तान्तरण गर्दै राधाकृष्ण थारू जनसेवा केन्द्रका सदस्य संगीता थापाले विद्यालयलाई सामग्री सहयोग गर्न पाउँदा आफू हर्षित भएको उल्लेख गर्दै हस्तान्तरण गरिएको प्रयोगशाला सामग्रीले विद्यार्थीहरूको सिकाइ उपलब्धि बढ्ने र प्रयोगात्मक रुपमा विद्यार्थीहरूलाई अब्बल बनाउन सहयोग पुर्‍याउने बताइन् ।

विद्यार्थीहरूलाई सैद्धान्तिक मात्र नभइ प्रयोगशालामा प्रयोगात्मक क्रियाकलापका लागी सामग्रीको आवश्यकता पर्ने भएकोले नेतृत्वकारी भूमिका खेलेकोमा राधाकृष्ण थारू जनसेवा केन्द्र, प्लान इन्टरनेशनल नेपाल र पालिकालाई धन्यवाद दिँदै सामग्रीको उचित प्रयोग गरिने पशुपति माध्यमिक विद्यालय पशुपतिनगरका प्रधानाध्यापक ज्ञानेन्द्र चौधरीले बताए ।

बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा २०२३ जुलाईदेखि सञ्चालनमा रहेको सशक्त बालिका परियोजना जुन २०२५ सम्म सञ्चालनमा रहने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise