२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

सडक पूर्वाधार कार्यालय प्यूठानका ९२ योजना सम्पन्न, ९.७५ किमी सडक कालोपत्रे

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज १४ गते २१:३३
सडक पूर्वाधार कार्यालय प्यूठानका ९२ योजना सम्पन्न, ९.७५ किमी सडक कालोपत्रे

अर्घाखाँची : सडक पूर्वाधार विकास कार्यालय प्यूठानले गत आर्थिक वर्ष अर्घाखाँचीमा ९.७५ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ । 

जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा सडक पूर्वाधार कार्यालयले आफू मातहतका विभिन्न सडक योजना अन्तर्गत ९.७५  किलोमिटर  सडक कालोपत्र  गरिएको पूर्वाधार विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख इन्जिनियर चन्द्र बहादुर शाहले बताए । 

सडक पूर्वाधार कार्यालय प्यूठानले गत आर्थिक वर्ष मा ९.४० किलोमिटर ग्राभेल सम्पन्न गरी ४५० मिटर ढलान सडक, ८.६१ किलोमिटर नाली निर्माण, ४ वटा कल्भर्ट  कजवे निर्माणसँगै ३ वटा मोटरवेल पुल र ट्रस पुल १ तथा प्यूठान  जिल्लामा सडक पूर्वाधार विकास कार्यालयले जिल्लाभर १८.२४ किलोमिटर नयाँ ट्रयाक  निर्माण, २५ किमि विस्तार चौडा गर्ने काम सम्पन्न गरेको निमित्त कार्यालय प्रमुख शाहले मध्यान्हलाई जानकारी दिए ।

सडक पूर्वाधार विकास कार्यालयको मातहतमा पर्ने प्रमुख सडकहरुमध्ये बाग्दुला दम्ती बहाने खवाङ स्याउलीवाङ नौवहीनी पर्यटन सडक (बहाने स्याउलीवाङ खण्ड) प्यूठानको निर्माण कार्य समपुरक योजनामार्फत ठेक्का सम्झौता भइ आव २०८०/०८१ मा शुरु भइ २०८३ वैशाखमा सम्पन्न गर्ने गरी शुरु भएको छ ।

प्रदेश  गौरवको आयोजना अन्तर्गत रामपुर कपुरकोट सडक जीवराज आश्रित कृष्ण सेन इच्छुक सडक मार्ग दाखाक्वाडी बर्जिबाङ भिंग्री सडकको ५ किमी कालोपत्रेको बहुवर्षीय ठेक्काको काम सम्पन्न भएको छ । बाँकी खण्डमध्ये करिब १.५ किमी ग्राभेलसहित स्तरोन्नति कार्यको ठेक्काको काम भइरहेको कार्यालय प्रमुख शाहले जानकारी दिए ।

त्यस्तै बाग्दुला दम्ती सडक स्तरोन्नति कार्यको काम निर्माणाधीन रहेको तर घ.२० किमी खण्डमा निर्माण व्यवसायीको ढिलाइको कारण कामको गति अलि सुस्त रहेको र निजलाई यथाशिघ्र निर्माण कार्य अघि बढाउन ताकेता गरिएको शाहले बताए ।

शाहका अनुसार नौबहिनी गापा पहुँचमार्ग बाग्दुला बाहाने सडकको काम निकै रुग्ण रहेको तथा सो योजनाको निर्माण व्यवसायीलाई काम अघि बढाउन ताकेता गरिएको छ ।

भिंग्री स्वर्गद्वारी सडकको रुमाले र घडेरीमा पहिरो नियन्त्रण गरी सडकलाई स्तरोन्नतिको कार्य सम्पन्न गरिएको र सोही खण्डमा ट्राफिक सेफ्टीको काम पनि गरिएको शाहाले दाबी गरे ।

ऐरावती गापा पहुँच मार्ग (चेरनेटा पुरनठाँटी जोगिटारी सडक) को काम भइरहेको छ भने कुमालटार मर्काबाङ मुर्कुट्टी सडक ४ किमी ग्राभेल स्तरोन्नती सम्पन्न गरिएको  कार्यालय  प्रमुख शाहले बताए ।

चेरनेटा चिना जाबुने सडकको काम अगाडि बढी रहेको छ । जिल्लाका  विभिन्न ठाउँहरुमा मोटरेबल पुल निर्माण भएसँगै स्थानीयहरु आफुलाई  आवत–जावतमा गर्न सहजता भएको भन्दै निकै हर्षित बनेका छन् । पूर्वाधार विकास कार्यालय प्यूठानले  विभिन्न ठाउँहरुमा  पुल निर्माण गरेको हो । 

 निर्माणका कामहरु  सुस्तगतिमा हुने गरेको भन्ने गुनासो रहने गरेका वहुवर्षीय  सडकहरुको काम  विभिन्न ठाउँका  योजनाहरु अहिले शुरु भएका छन् भने केही अधुरा योजनाहरुको काम पनि शुरु  हुनुलाई सकारात्मक विषय भएको प्यूठानका राजनीतिक दलका नेताहरु बताउँछन् ।

झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल भन्छन्, ‘कतिपय योजना समयमा नसकिँदा समस्या हुने गरेको छ, तर गरे असम्भव हुँदोरहेछ भन्ने सकारात्मक उदाहरण केही योजना देख्दा स्पष्ट भएको छ ।’

कार्यालय प्रमुख शाहले सडकको वहुवर्षीय ठेक्का सम्झौता गर्ने तर काम नगर्ने लम्बाउने व्यवसायी कम्पनीलाई पनि काम गर्न अनुरोध गर्दै कार्यालयबाट सबै सहयोग गर्न तयार रहेको व्यहोराको पत्र पठाइ ताकेता गरिएको जानकारी दिए । कार्यालयले आर्थिक  वर्ष २०८०/०८१ मा भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत भएको छ भने जिल्लाभरका ९६ वटा योजनामध्ये ८० वटा  योजना सम्पन्न भएका छन् । १२ वटा निर्माणाधीन अवस्थामा रहेका र ४ वटा योजना विविध कारणले कार्यान्वयन हुन नसकेको   कार्यालयले जनाएको छ ।

 सडक कार्यलयको  पुँजीगत बजेट ६३ करोड ३८ लाख रहेको थियोे भने  खर्च ३६ करोड पाँच लाख ८२ हजार खर्च भएको लेखा अधिकृत सुनिल नेपालीले बताए । 

अविरल वर्षाका कारण अवरुद्ध बनेका प्यूठानबाट अन्य जिल्ला जोड्ने तथा ग्रामीण सडकहरुको काम दु्रत  गतिमा अगाडि बढेकोले तीन दिनभित्र सबै सडकहरु सुचारू हुने छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise