२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

अर्घाखाँचीका सरकारी कार्यालयको छड्के अनुगमन

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ असोज १६ गते २२:००
अर्घाखाँचीका सरकारी कार्यालयको छड्के अनुगमन

अर्घाखाँची : जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा रहेका सरकारी कार्यालयहरुको बुधबार छड्के अनुगमन गरेको छ । अनुगमन गर्दा कार्यालयमा कर्मचारीहरु अनुपस्थित हुनुको साथै कर्मचारीले पालना गर्नुपर्ने नीति नियम पालना नगरेको पाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

सन्धिखर्कमा  रहेका अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरु अनुस्थित भेटिएको  भन्ने जनगुनासो सेवाग्राहीबाट प्राप्त गरेपछि कार्यालयहरुले छड्के अनुगमन गरी आवश्यक निर्देशन दिएको प्रजिअ अर्याल बताए ।

छड्के अनुगमन गर्दा धेरै कार्यालयहरुमा दरबन्दी अनुसार कर्मचारीहरु पदपूर्ति हुन नसकेको, कार्यालयमा आउँदा कर्मचारीले परिचयपत्र, सरकारी ड्रेस नलगाएको पाइएकोले त्यस्ता कर्मचारीलाई पहिलोपटक सचेत गराइएको र अनिवार्य ड्रेस परिचयपत्र लगाउन निर्देशन दिएको छ । 

सन्धिखर्कमा रहेका डिभिजन वन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय,संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, कृर्षि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि जोन गरी ७ वटा सरकारी कार्यालयको छड्के अनुगमन गरिएको थियो । ती कार्यालयको जिन्सी, भौतिक संरचना, आर्थिक अवस्थाका बारेमा अनुगमन गरी आवश्यक निर्देशन दिएको जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रशासकीय अधिकृत नुमलाल पन्थीले जानकारी दिए ।

दशैंको विदा हुनुअघि नै धेरैजसो कर्मचारीहरु कार्यालयमा हाजिर नभएको गुनासो सेवाग्राहीले गरेका थिए । प्रमुख जिल्ला अधिकारी अर्यालले मध्यान्हसँग भने ‘केही कार्यालमा कर्मचारी अनुपस्थित  रहेको  पाइयो, तर पनि कार्यालय प्रमुख सबै उपस्थित रहेछन् । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिएको र चितबुझ्दो जवाफ नआए विभागिय कारबाहीका लागि सिफारिस गरिने छ ।’

बुधबार एकै पटक ७ वटा सरकारी कार्यालयहरुमा  प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा केही सरकारी कार्यालयमा अनुगन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘धेरैले पोसाक नलगाउने, कार्यालय परिसर सरसफाई नगर्ने, बेरुजु रकम दाखिला नगराउने समस्या रहेछ । ती समस्या तत्काल समधान गर्न कार्यालय प्रमुखलाई सचेत गराइएको छ ।’

जनताको काम नभएको व्यापक जनगुनासो आएपछि सरकारी कार्यालयहरुको अनुगम गरिएको उनले बताए । 

ADV

सम्बन्धित खबर

Advertise