२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

कांग्रेस अर्घाखाँचीले ६१ वटै वडामा खटायो प्रतिनिधि

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज १६ गते २२:५१
कांग्रेस अर्घाखाँचीले ६१ वटै वडामा खटायो प्रतिनिधि

अर्घाखाँची : कांग्रेस अर्घाखाँचीले ६१ वटै वडामा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार प्रतिनिधि खटाएको हो ।

कांग्रेस जिल्ला पदाधिकारी बैठकको निर्णय अनुसार जिल्लाका ६१ वटै वडामा कांग्रेस जिल्ला पदाधिकारी, जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश पदाधिकारी, पालिका पदाधिकारी, पूर्व जिल्ला पदाधिकारी तथा नेताहरु खटिएका छन् । 

वडामा खटिएका प्रतिनिधिले क्रियाशिल कार्ड वितरण, नविकरण र नयाँ फर्म वितरण, कांग्रेसका विभिन्न भातृ तथा शुभेच्छुक संस्था गठन, वडा कार्यसमिति, टोल कार्यसमितिलाई क्रियाशिल बनाउने लगायतका कार्य गर्ने नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालले बताए । त्यसैगरी प्रतिनिधिले वडाभित्र कांग्रेस वडा कार्यसमिति र जनप्रतिनिधिबीचको सम्बन्धलाई अझ मजबुँद बनाउन भूमिका खेल्नेछन् । 

कांग्रेसको विधान बमोजिम वार्षिक क्यालेण्डर अनुसार वडा सम्मेलन तयारी समेत गर्ने गरी संगठन विस्तारका लागि नेताहरु प्रतिनिधिको रुपमा खटिएको कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशब श्रेष्ठले  जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise