काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि कामका लागि खाडी मुलुक जानु नपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले विकास निर्माणका कामले तीव्रता पाएको बताउँदै सरकार रोजगारी सिर्जना गर्ने तिर अघि बढेको दाबी गरे । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीको संघर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘अब कामका लागि कोही नेपाली खाडी र वा विदेश जानु पर्दैन ।’ उनले यूवाहरुलाई विदेश जाने मनस्थिति छाडेर देशमै केही गर्न आहवान गरे । उनले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies