सुनसरी : सुनसरीको इटहरीस्थित एक घरमा तीनजना मृत फेला परेका छन् । दशैंको टीकाको दिन सुनसरी–१७ स्थित घरमा श्रीमान राजेश शर्मा, उनकी श्रीमती पुनम र ६ वर्षीया छोरी स्वस्तीका मृत भेटिएका हुन् ।
राजेश झुण्डिएको अवस्थामा र श्रीमति र छोरीको शव बाकस र बोरामा फेला परेको हो । श्रीमानले श्रीमति र छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक श्रीमान श्रीमतीबीच लामो समयदेखि झगडा चलिरहेको थियो । दुवैबीच केही समय अघि मात्रै प्रहरीमा मिलापत्र भएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies