काठमाडौं : फिफा विश्वकप छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासँग खेल्दैछ । खेल अगाडी आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक योहान कालिनले टिमले बलियो टिम विरुद्ध उसकै मैदानमा राम्रो खेल्नेमा विश्वस्त रहेको बताएका छन । यो खेल नेपाली समय अनुसार दिउसो पौने तीन बजेबाट सुरु हुनेछ ।
अष्ट्रेलिया विरुद्ध पहिलो पटक खेल्न लागेको नेपालका प्रशिक्षक कालिनले विपक्षी विरुद्ध खासै खोज नगरेको, विश्वकप खेलिसकेको टिमका बारेमा बोल्नु त्यति उचित नहुने बताउदै उनले हाम्रो टिमले उत्कृष्ट खेल्नेमा विश्वस्त रहेको बताए ।
बलियो टिम भएपनि हामी नडराएको बताउँदै उनले अन्डरडग टिमका रुपमा अष्ट्रेलियासँग खेल्ने बताए । यो टिम विरुद्ध कस्तो नतिजा भन्दापनि सक्दो राम्रो खेल्ने बताए ।
फिफा बरियतामात्र होइन खेलाडीको क्षमताका आधारमा पनि नेपाल भन्दा निकै माथि रहेको एशियन च्याम्पियन अष्ट्रेलिया विरुद्ध खेल्न पाउनु नेपालका लागि निकै राम्रो अनुभव हुने बताए । नेपाल फिफा बरियतामा एक सय ६१ स्थानमा छ भने अष्ट्रेलिया ४४ स्थानमा छ ।
स्रोत साधन र ब्यवस्थापनका कारण नेपाल र अष्ट्रेलिया विच तुलना गर्न नमिल्ने उनको धारणा थियो ।
यता अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले टिमको लक्ष्य नेपाल विरुद्ध धेरै भन्दा धेरै गोल गरेर जित्ने रहेको बताए । उनले नेपालको बारेमा भन्दापनि आफ्नो टिमको बारेमा धेरै सुधार गरेको बताए । उनले टिमको लक्ष्य उत्कृष्ट खेलेर धेरै भन्दा धेरै गोल गर्ने रहेको बताए । नेपाल भन्दा सबै हिसावले बलियो टिम भएकाले त्यहि अनुसारको नतिजा ल्याउनेमा विश्वस्त रहेको उनले बताए ।
हाल अष्ट्रेलियाबाट खेल्ने खेलाडी प्रिमियर गि, बुन्डेसलिगा जस्ता विदेशी लिगमा खेल्ने खेलाडी खेल्दैछन । त्यसैले पनि नेपालले पाहुना टिम विरुद्ध डिफेन्सिभ खेल खेल्ने लक्ष्य राखेको छ । कम गोल खाएर सम्मानजनक हारको मनसायमा नेपाल रहेको छ ।
जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा कुवतेसँग सात शुन्यले हारेको थियो भने दोस्रो खेलमा चाइनीज ताइपेईसँग दुई शुन्यले विजयी भएको थियो । यता अष्ट्रेलियाले अहिलेसम्म एकमात्र खेल खेलेको छ । जसमा उसले कुवेतलाई तीन शुन्यले हराएको थियो ।
नेपालले बलियो टिम विरुद्ध खेल्दा डिफेन्डरको भूमीका कम गोल खानमा निकै महत्वपुर्ण रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies