२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्नुहोस् : प्रनाउ मल्ल

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज १८ गते २१:१२
कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्नुहोस् : प्रनाउ मल्ल

अर्घाखाँची : अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गराउन आफु र मातहतका प्रहरी संगठन कटिबद्ध भएर लागिपर्ने बताएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो उपत्यका अपराध महाशाखा काठमाडौंबाट सरुवा भएर अर्घाखाँची आएका मल्लले अर्घाखाँची जिल्लामा हुने आपराधिक गतिविधि, लागुऔषध नियन्त्रण चोरी, तस्करी, लुटपाट, जुवातास लगायतका घटनाहरुलाई न्यूनीकरण गरी शान्ति सुरक्षा कायम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । 

यसअघिका प्रहरी प्रमुख डिएसपी प्रतीत सिंह राठौरको काठमाडौं उपत्यका प्रहरी गणमा सरुवा भएपछि उनको ठाउँमा सरुवा भएर आएका मल्लले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै  यस्तो बताएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमै भएको प्रहरी कर्मचारीहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उनले आफु जिल्लामा आएर यहाँको समग्र अवस्थाबारे प्रारम्भिक अध्ययन गर्दा सुरक्षाको दृष्टिकोणले समेत अन्य पहाडी जिल्ला भन्दा अर्घाखाँची जिल्ला शान्त रहेको भएपनि देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । 

उनले कुनै पनि काम दबाब प्रभावमा नपरी गर्न निर्देशन दिए । उनले अर्घाखाँची  जिल्लाको आपराधिक गतिविधिहरुको अध्ययन गर्ने क्रममा लागुऔषध चोरी निकासी  लगायतका घटनाहरु हुने गरेको भन्दै तत्काल एक्सनमा आएर काम गर्ने बताए ।

‘मैले रिजल्ट सकारात्मक आउने गरी काम गर्छु, विगतको भन्दा शान्ति सुरक्षाको अवस्थामा केही परिवर्तन जनताले पाउनुपर्छ’  उनले भने । विभिन्न जिल्ला जोड्ने सीमानाकामा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीमा सुरक्षा बैठकमा कुरा गर्ने तथा सीमा क्षेत्रका जिल्लाका  सुरक्षाकर्मीसँग मिलेर अरापध न्यूनीकरण गर्ने बताए  ।

चार्डपर्वको बेलामा यात्रुहरुलाई कुनै समस्या नपरोस् भन्ने उद्देश्यले प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको बताउँदै सिट क्षमता भन्दा बढी सवारी साधनले यात्रु बोकेको पाइएमा तत्काल कारबाही गर्न निर्देशन दिए ।

जिल्ला सदरमुकाम क्षेत्र लगायत अन्य होटेलहरुमा हुने अनैतिक किसिमका गतिविधिलाई पूर्णरुपमा नियन्त्रण गर्ने उनले बताए ।

यि काम गर्नका लागि प्रहरी एक्लैले नसक्ने हुँदा समुदायको  समेत साथ रहनुपर्ने उनको भनाइ छ ।  प्रहरी अधिकारीलाई निर्देशन दिने क्रममा उनले जिल्लाका कुनै पनि स्थानमा केही घटना भए वा गतिविधिहरु भएमा तत्काल एक्सनमा जान निर्देशन दिए  ।

त्यस्तै जिल्लास्थित आफुलगायत प्रहरी कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी कटिबद्ध भएर बहन गर्ने भन्दै उनले अहिले प्रहरीले गरिरहेको भन्दा छुट्टै संयन्त्र बनाएर नागरिकको जनधनको रक्षासँगै शान्ति सुरक्षा कायम गराउने तयारी भइरहेको बताए । 

जिल्लामा पछिल्लो समय युवाहरु लागुऔषधतिर जान नदिन युवा जमातलाई सम्झाइ बुझाई गर्ने, नमाने मुद्दा दर्ता गरेर कारबाही गर्ने उनले दाबी गरे । प्रहरी नायब उपरीक्षक मल्ललाई जिल्लाको शान्ति सुरक्षाका बारेमा प्रहरी अधिकृतहरुले जानकारी गराएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise