२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

सडकका खाल्डाखुल्डी पुर्दै सन्धिखर्क नगरपालिका

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज १८ गते २२:१३
सडकका खाल्डाखुल्डी पुर्दै सन्धिखर्क नगरपालिका

सन्धिखर्क : जिल्लाको सन्धिखर्क  नगरपालिकाले चाडपर्वको  समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न शुरु गरेको छ । 

नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १ को शान्ति बगैंचा हुँदै मिडियाचोक, हललाइन पुलचोक, चुत्रबेसी पेट्रोल पम्प,  क्याम्पस रोड, इसाराटोल मसाल बजार, भगवती टोल  लगायत बजारका मुख्य ठाउँहरुमा वर्षातका कारण बिग्रिएका सडकहरु सशस्त्र प्रहरीको सहयोगमा  खाल्डाखुल्डी र हिलोका कारण नागरिकलाई आवतजावतमा समस्या भएपछि उनीहरुले नगरपालिकामा गुनासो गरेपछि सडकका खाल्डाखुल्डी पुर्न शुरु गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए  । 

नगरपालिकामा गुनासो आएलगत्तै सन्धिखर्कका  टोल टोलमा सडक मर्मत भएपछि सहज भएको स्थानीय अशोक पौडेलले बताए । 

‘अविरल  वर्षाका कारण बाटोबाट आवतजावतमा समस्या भयो, नगरपालिका गएर गुनासो गर्‍यौं, लगत्तै नगरपालिकाको  टिप्पर, ट्याक्टरसहित एपीएफको टोली आएर बाटोमा खाल्डाखुल्डीमा ग्राभेल  हालेर बनायो ।  अहिले सहज भएको छ,’ सन्धिखर्कका स्थानीय प्रेमनारायण आचार्यले भने ।

 उनले थपे, ‘गुनासो गर्ने बित्तिकै सुनुवाइ भयो, यसरी नागरिकका समस्या समाधान गर्न नगरपालिका अगाडि बढेको छ, यस्तो गर्न आवश्यक भएको छ ।’

वर्षातका समयमा बिग्रेका सन्धिखर्क नगरपालिकाका विभिन्न ग्रामीण सडकहरुमा समेत ढल निर्माणदेखि सडक  निर्माण बिग्रेका  ठाउँमा बाटो मर्मत गर्ने काम नगरपालिका वडा कार्यालयले गरिरहेको सन्धिखर्क नगरपालिका वडा नम्वर ३ का अध्यक्ष जमसेर मियाले बताए । नगरपालिकाभित्रका ग्रामीण  सडक हिलाम्मे र मर्मत नहुँदा त्यहाँबाट आवत जावतमा समस्या भएपछि नगरपालिका पुगेर गुनासो गरेपछि नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको निर्देशनमा  सडक मर्मत सडक सोर्ने काम भएपछि  सडकमा हिँड्न सहज भएको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का स्थानीयवासी पदम परियारले बताए । 

सन्धिखर्क नगरक्षेत्रका अधिकांश सडकमा अविरल वर्षाले सामान्य क्षति पुर्‍याएको थियोे । नगरपालिकाभित्र रहेका वर्षौअघि बनेका कतिपय कालोपत्र सडक समेत भत्किएपछि अहिले मर्मत गर्न शुरु गरिएको छ भने ग्राभेल सडक खाल्डाखुल्डी परेर नागरिकलाई आवतजावतमा समस्या भएको गुनासो  नआउने गरी काम गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए । वर्षातका समयमा यसरी बिग्रिएका सडकमा आवतजावतमा नागरिकलाई बढी समस्या नहोस् भनि वडा कार्यालयमार्फत सडक मर्मत शुरु गरिएको हो  । 

नगरपालिका भएपनि अधिकांश भाग नगरपालिकाको ग्रामीण क्षेत्रमा पर्छ, ‘वर्षातमा यहाँका धेरै सडक बिग्रने, भत्कने समस्या हुन्छ’, वडा नम्बर १० का बलबहादुर रायमाझीले  भने, ‘पालिकाको टोली तयारी अवस्थामा राखिएको जानकारी पाएको छु ।’

नगरपालिकामा रहेका २ जना इञ्जिनियर, प्राविधिक समेत सडक मर्मतमा खटिएका छन ।

नगर पालिकाले सडक अवरुद्ध भए, कतै समस्या भए नगरपालिकाको जेसीवी तत्काल प्रयोग गर्ने गरेको र  त्यसका साथै कुन क्षेत्र कसले हेर्न भनि प्राविधिकलाई समेत जिम्मेवारी कामको  बाँडफाँट गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ जानकारी दिए ।

नगरपालिकाका ग्रामीण ठाउँमा पर्ने धेरै सडक हिलाम्मे र खाल्डाखुल्डी परेका  छन् । त्यसैलाई ध्यानमा राखेर नगरपालिकाले आफ्नै सवारी साधन स्रोत प्रयोग, जनशक्ति प्रयोग गरेर एपीएफ ३६ नम्बर गुल्मको सहयोगमा बजार क्षेत्रका सडक खाल्डाखुल्डी मर्मतजस्ता कार्य गरिरहेको छ । पालिकाले नागरिकको माग र आवश्यकता हेरेर सडक मर्मत गर्ने कार्य गरिरहेको नगरप्रमुख  श्रेष्ठले  बताए । 

वडा कार्यालयहरुले पनि अहिले सडक मर्मत गरिरहेका छन् । मर्मत गर्दा पहुँचका आधारमा गर्न नहुने स्थानीय बसन्त बेल्वासे बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise