२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

अमेरिकाद्वारा हुथी संगठनमाथि मिसाइल आक्रमण

Nada
२०८१ असोज १९ गते १५:२५
Shares
अमेरिकाद्वारा हुथी संगठनमाथि मिसाइल आक्रमण

यमन : अमेरिकी सेनाले यमनमा इरानसमर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ‘आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न’ हवाई जहाज र युद्धपोतबाट आक्रमण गरेको जनाएको हो ।

ncell

राजधानी साना लगायत यमनको मुख्य सहरमा विस्फोटको धेरै आवाज सुनिएको छ । नोभेम्बरदेखि हुथी विद्रोहीहरूले लाल सागरमा झण्डै १०० जहाजमा आक्रमण गरी दुईवटा जहाज डुबेका छन्। विद्रोही समूहले गाजामा इजरायलको सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ।

मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीको अनुगमन गर्ने सेन्ट्रल कमाण्डले हतियार प्रणाली, उनीहरुको अड्डा र हुथीसँग सम्बन्धित अन्य लक्ष्यहरूलाई निशाना बनाइएको बताएको छ।

हुथी समूहसँग सम्बन्धित सञ्चारमाध्यमले यमनको राजधानी साना र अन्य सहरलाई निशाना बनाएको बताएका छन्। सोमबार हुथी समूहले यमनमा अमेरिकी निर्मित एमक्यू-९ रिपर ड्रोन खसालेको बताएको थियो। अमेरिकी सेनाले मानवरहित विमान हराएको स्वीकार गरेको थियो ।

सम्बन्धित खबर