२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

लगानीको सुरक्षा गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असोज १९ गते २१:११
Shares
लगानीको सुरक्षा गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने  र उधोगिहरुको लगानिको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने बताएका छन् । 

ncell

रुपन्देही उद्योग संघको ४६ औं वार्षिक साधारणसभा उद्घान कार्यक्रमलाई शनिबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताए । 

प्रदेश सरकारले अगाडि बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पार्नु पारे । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरुमा औद्योगिक क्षेत्र बनाउनेगरी निर्णय गरेको थियो । सो निर्णयहरुको कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने समेत जानकारी गराए ।

उद्योगी, व्यवसायीको उत्साहसँग प्रदेशको समग्र विकासको सम्बन्ध जोडिएको भन्दै मुख्यमन्त्री आचार्यले सरकारले उद्योगीमैत्री नीति अलवम्बन गरेको बताए । ‘प्रदेश सरकारले राम्रोसँग बुझेको छ । जबसम्म उद्योगी, व्यवसायीहरुले निर्विवाद ढंगले उहाँहरुलाई उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तबसम्म मुलुकको पनि उन्नति हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्नेभनेकै नीजि क्षेत्रले हो’मुख्यमन्त्री आचार्यले भने‘सरकारले लगानीको वातावरण बनाउँछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो ।’

उत्पादनको क्षेत्रमा लगानी बढाउन मुख्यमन्त्री आचार्यले जोड दिए । ‘हामी परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी छ । स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी छ’उनले भने,‘स्वदेशी उत्पादनलाई बढाउन सरकारले पनि साथ दिन्छ । स्थानीय उत्पादनको बजारीकरणको लागि सरकारले सहयोग गर्छ ।’ व्यवसायीहरुलाई पर्ने कानूनी जटिलताको गाँठो फुकाउन सरकार तयार रहेको समेत बताए ।

‘प्रदेश सरकारले बनाएका कानूनबाट यहाँहरुलाई काम गर्न गर्ने सन्दर्भमा कुनै समस्या परेको छ, भने त्यसलाई सहजीकरण गरेर, त्यो कानूनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार छ’ मुख्यमन्त्री आचार्यले भने झमेलामा परेका कानूनी समस्याहरु, ती बाधा अड्चनहरुलाई फुकाउन हामी तयार छौं । त्यस्ता कानूनहरुमा समस्या देखा परेका छन् भने समयमा बुँदागत रुपमा सुझाव राख्न सक्नुहुन्छ ।’ उद्योगी, व्यवसायीहरुको सुझावलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे । 

ताजा खबर

सम्बन्धित खबर