२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

शितगंगाको विकासमा दिनरात नभनी खटिएका छौं : योजना अधिकृत खनाल

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज १९ गते २१:४४
शितगंगाको विकासमा दिनरात नभनी खटिएका छौं : योजना अधिकृत खनाल

अर्घाखाँची : शितगंगा नगरपालिका अर्घाखाँची भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो नगरपालिका हो । नगरपालिकामा दक्ष जनशक्तिको निकै अभाव रहेको भएपनि नगरपालिकाका केही कर्मचारीहरु रातदिन नभनी काममा खटिने गरेपछि त्यसको प्रतिफल पनि उत्साहजनक छ ।

नगरपालिकामा बिहान ७ बजेदेखि राति ८ बजेसम्म दैनिक बिदाको दिन समेत नगरपालिकाको योजनाहरुको काम गर्ने योजना अधिकृत नुमलाल खनाल भन्छन्, ‘ शितगंगा नगरपालिका स्थानीय सरकार सञ्चालन ऐन र  संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय पूर्वाधार विकास, सेवाप्रवाह र अनुगमन तथा नियमनलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएका छौं । प्रगति पनि त्यही अनुसार देखिएको छ ।’

खनाल थप्छन्,‘स्थानीय पूर्वाधार विकासका सन्दर्भमा नगरपालिकाले तर्जुमा गरेको दशवर्षे आवधिक विकास योजना अनुसार वार्षिक बजेटमा पूर्वाधारका आयोजनाहरु समावेश गरी कार्यान्वयन गर्दै आएका छौं । हामी दैनिक योजना अनुगमनमा समेत खट्ने गरेका छौं । शनिबार पनि दिनभर फिल्डमा थियौं ।’ सेवा प्रवाहतर्फ १४ वडा कार्यालयबाट प्रशासनिक काम हुँदै आएको छ । योजनाहरु वडामा सम्झौता गर्ने नीति अनुसार काम गरेको अधिकृत खनालको दाबी छ ।

नगरका १०९ वटा सामुदायिक विद्यालय र २ वटा सामुदायिक सिकाइ केन्द्रबाट शिक्षा सम्बन्धी सेवा र ३७ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्यसँग सम्बन्धित विविध सेवाहरु प्रदान गर्दै आएको योजना अधिकृत खनालले मध्यान्हसँग बताए ।

त्यसैगरी नगरपालिकाका १४ वटा विषयगत शाखाबाट समेत आ–आफ्नो विषयगत क्षेत्र अनुसार नीति निर्माण र कार्यान्वयन हुँदै आएको भएपनि भौगोलिक हिसाबले भने काम गुर्न समस्या हुने गरेको खनालले बताए । विकास निर्माणलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गर्न नगरप्रमुख छबिलाल पौडेल, उपप्रमुख गिता भाट,  प्रमुख प्रशासकीय अधिकृत मदन जिसि लगायतका जनप्रतिनिधि कर्मचारीहरुले अनुगमनको काम निरन्तर गरिरहेका छन् ।

कामको गुणस्तर कायम गर्न प्राविधिक कर्मचारीहरुलाई विशेष सचेत गराइएको छ भने अनुगमनका चरणमा समेत गुणस्तरमा ध्यान दिइएको छ । यसरी नगरपालिकाबाट प्रदान गरिने सबै किसिमका सेवाहरु सरल तथा प्रभावकारी ढंगबाट प्रदान गर्न नगरपालिकाले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी कार्य सम्पादन गर्दै आएको छ ।

नगरपालिका कामको हिसाबले योजना अधिकृत नुमलाल खनालको भरमा अगाडि बढेको छ । साविक जिल्ला विकासको कर्मचारीबाट स्थानीय तह बनेपछि शितगंगा नगरपालिकामा योजना अधिकृतको रुपमा समायोजन भएका सातौ तहका अधिकृत खनाल जिल्लाबासिका लोकप्रिय अनुभवी कर्मचारी हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise