२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विदेशी काठ आयातमा प्रतिबन्ध लगाउनुपर्छ : अर्याल

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार १ गते १६:३८
विदेशी काठ आयातमा प्रतिबन्ध लगाउनुपर्छ : अर्याल

अर्घाखाँची : नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका कोषाध्यक्ष युवा व्यवसायी पवन अर्यालले व्यवसायीका समस्या सरकारले नसुन्दा धेरैजसो काठ जंगलमै खेर जाने अवस्था आएको बताएका छन् । 

अर्घाखाँचीको शितगंगा नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै कोषाध्यक्ष अर्यालले सामुदायिक, निजी, आवधि जंगलमा धेरै काठ डम्पिङ भएपनि सरकारले व्यवसायीहरुको हितमा काम गर्न नसकेको बताए । उनले सरकारी भवन निर्माण गर्दा अनिवार्यरुपमा नेपाली काठ प्रयोग गर्ने नीति सरकारले ल्याउन नसक्दा व्यापारीहरु विस्थापित हुने अवस्था आएको बताए ।

उनले व्यवसायीहरुको हक हितका लागि महासंघ सधैं लागिपरेको बताए । अर्यालले नेपालमा विदेशी काठ प्रतिबन्ध लगाउनुपर्ने र नेपाली काठलाई प्रोत्साहन गरेमा राज्यलाई ठूलो मात्रामा राजस्व संकलन हुने जिकिर गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise