२०८१ कार्तिक १९ गते सोमवार / Nov 04 , 2024 , Monday
२०८१ कार्तिक १९ गते सोमवार

एनआरएनए एसिया प्यासिफिक संयोजक भट्टराईद्वारा बाढी पीडितलाई सहयोग

ADV
तिलोचन गौतम
२०८१ असोज २० गते २१:५६
एनआरएनए एसिया प्यासिफिक संयोजक भट्टराईद्वारा बाढी पीडितलाई सहयोग

मलेसिया : गैरआवासीय नेपाली संघले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि तत्कालका लागि १ करोड रुपैयाँ बराबर राहत कोष स्थापना गरेको छ । 

उपाध्यक्ष डा.हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक संकलन समिति गठन गरेसँगै संघमा आबद्ध पदाधिकारीहरुले सहयोग संकलन थालेका हुन् ।  

लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संघले थालेको यो सहयोग अभियानमार्फत एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराईले नगद एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 

एसियाली देशका सबै राष्ट्रिय समन्वय परिषद्लाईसमेत देशमा परिआएको यी र यस्ता विपद्को समयमा सबैले एकबद्व भएर मानवीय नाताले  सकेको सहयोग गर्नुपर्ने बताउँदै मलेसिया, जापान, थाइल्यान्ड, सिंगापुर, कम्बोडिया,हङकङ,मकाउ,चीन र म्यान्मार सबै राष्ट्रिय समन्वय परिषद्लाई सहयोगको अपिल समेत गरे । 

संघले क्षतिग्रस्त क्षेत्रमा अध्ययन गरी प्रतिवेदन अनुसार आइतबार हेटौंडा दक्षिणकालिका प्रभावित ६० परिवारलाई वितरण गरिसकेको र सोमबार सिन्धुपाल्चोकमा ३ सय घर परिवारलाई राहत पु¥याउने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय समन्वय परिषद एसिया प्यासिफिक क्षेत्रीय संयोजक भट्टराईले जानकारी दिए । 

संघमार्फत सहयोग संकलन गर्ने संस्था र व्यक्तिलाई कदर पत्र दिइने र संस्थाको अभिलेखमा राखिने गरी पारदर्शी तरिकाले सहयोग संकलन हुने बताउँदै  संयोजक भट्टराईले सबैलाई सहयोगको अपिल गरे । 

एनआरएनएको इमरजेन्सी फण्ड सानिमा बैंकको खाता नम्बर ०२४०१००१००००६३३ मा सहयोग गर्न सकिनेछ । 

ADVADV

सम्बन्धित खबर

Advertise