२०८१ चैत २६ गते मङ्गलवार / Apr 08 , 2025 , Tuesday
२०८१ चैत २६ गते मङ्गलवार
Ads

विद्यालय सरोकारवालाहरुका लागि क्षमता विकास गोष्ठी

draupadi film
सन्तोष पौडेल
२०८१ कार्तिक ४ गते १३:५३
विद्यालय सरोकारवालाहरुका लागि क्षमता विकास गोष्ठी

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा सिकाइ वातावरण निर्माण विषयक क्षमता विकास गोष्ठीको आयोजना गरिएको छ । विद्यालय सरोकारवालाहरुका लागि सुरक्षित र समावेशी वातावरण निर्माण विषयक दुईदिने क्षमता विकास गोष्ठीको आयोजना गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालित बालविवाह न्यूनिकरण परियोजनाअन्तर्गत गेरुवा गाउँपालिकाको समन्वय तथा भेरी वातावरणीय विशिष्‍टता समूह (बि ग्रुप)ले गोष्ठीको आयोजना गरेको हो ।

बालविवाह, खानेपानी, सरसफाइ र स्वच्छता एवम् महिनावारी स्वच्छता, यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा विद्यालयका सरोकारवाला पक्ष विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूको ज्ञान सीपको वृद्धि गर्दै सुरक्षित र समावेशी सिकाइ वातावरण प्रवर्द्धन गर्न पैरवी गर्ने तथा सुरक्षित र समावेशी सिकाइ वातावरण प्रवर्द्धन गर्न कार्ययोजना निर्माण गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको समूहकी फिल्ड सुपरभाइजर मिना शर्माले बताइन् ।

गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारस्थित एक होटलमा आयोजित गोष्ठीमा गाउँपालिकाका ६ वटा वडाका परियोजना सञ्चालित ९ वटा विद्यालयका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी गरी २१ जनाको सहभागिता रहेको छ ।

क्षमता विकास गोष्ठीमा नेपालमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था एवम् नीति नियम, विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सूचकहरू, नमुना विद्यालय तथा तारा पद्धति, विद्यालयको शौचालय, खानेपानी, हात धुने स्थान, आराम कक्षको व्यवस्थापन, किशोर किशोरीको प्रजनन स्वास्थ्य अधिकार, वाल अधिकार र संरक्षणका सवालहरू, छिटो तथा जबरजस्ती विवाहका असरहरू, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नेतृत्वदायी भूमिका, व्यवहार परिवर्तनका चरणहरूलगायतका विषयमा छलफल तथा सहजीकरण गरिने बताइएको छ । सोमबारसम्म सञ्चालन हुने गोष्ठीको सहजीकरण बलराम सिग्देलले गरिरहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise