२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

शिक्षकहरुका लागि रुपान्तरणमुखी शिक्षा तथा कक्षा व्यवस्थापन तालिम

ADV
सन्तोष पौडेल
२०८१ कार्तिक ५ गते २०:४५
शिक्षकहरुका लागि रुपान्तरणमुखी शिक्षा तथा कक्षा व्यवस्थापन तालिम

बर्दिया : बर्दियाको गुलरियामा सामुदायिक विद्यालयका शिक्षकहरुका लागि लैंगिक रूपान्तरणमुखी शिक्षा तथा कक्षा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । जिल्लाका स्थानीय पालिकाहरूका शिक्षा शाखाहरुसँगको समन्वयमा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाद्वारा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत उक्त तालिम प्रदान गरिएको हो । 

लैंगिक समानता र सामाजिक न्याय प्रवद्र्धन गरी गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यले तालिम प्रदान गरिएको सशक्त बालिका परियोजनाका परियोजना संयोजक मनोज पौडेलले बताए । उनले भने,‘शिक्षा प्रणालीमा लैंगिकता सम्बन्धी अवधारणाको विकास गराउन, लैंगिक रूपान्तरणमुखी धारणा÷शिक्षाको माध्यमबाट शिक्षकहरूको ज्ञान तथा सीपको विकास गर्न, लैंगिक रूपान्तरणमुखी पाठ्यक्रम तथा कक्षाकोठा व्यवस्थापन, सिक्षण सिकाइ प्रक्रियामा लैंगिकता सम्बन्धी नविनतम् कला कौशलको विकास गराउने अभिप्रायका साथ तालिम प्रदान गरिएको हो ।’ 

समय अनुकुल व्यवहारिक रुपमा शिक्षण सिकाइ क्रियाकलापहरूलाई महत्व दिई शिक्षा प्रणालीमा लैंगिकता सम्बन्धी अवधारणाको विकास गराउन, लैङ्गिक रूपान्तरणमुखी धारणा÷शिक्षाको माध्यमबाट शिक्षकहरूको ज्ञान तथा सीपको विकास गर्ने, लैंगिक रूपान्तरणमुखी पाठ्यक्रम तथा कक्षाकोठा व्यवस्थापन, सिक्षण सिकाइ प्रक्रियामा लैंगिकता सम्बन्धी नविनतम् कलाकौशलको विकास गराउनका लागी तालिमको आयोजना गरिएको सशक्त बालिका परियोजनाका अनुगमन मूल्यांकन अभिलेख अधिकृत जनक बहादुर थापाले बताए । 

तालिममा शिक्षा सम्बन्धी नीतिहरु तथा योजनामा लैंगिकताका बाधा व्यवधान हटाउनका लागि भएका प्रयासहरू, लैंगिकताका मुख्य आधारभूत अवधारणाहरू, लैंगिक रूपान्तरणमुखी धारणा/शिक्षाका आधारभूत पक्षहरू, शिक्षकहरूका लागि लैंगिक रूपान्तरण समावेशी शिक्षाशास्त्र र कक्षाकोठा व्यवस्थापनमा तालिम मोड्युल निर्माण, अवधारणा र सिद्धान्तहरू, लिंग, पृष्ठभूमि, क्षमता तथा आवश्यकताहरूका आधारमा सबै बालबालिकाहरूको लागि सुरक्षित, सहयोगी र सहभागितमूलक सिकाइ वातावरण सिर्जना गर्ने रणनीति र प्रविधिहरू, लैंगिक उत्तरदायी र समावेशी पाठ योजनाहरू, शिक्षण सामाग्रीहरू, मूल्यांकन विधिहरू, प्रतिक्रिया संयन्त्रहरू डिजाइन र प्रयोग गर्ने विधिहरू र उपकरणहरू, विद्यालय सन्दर्भमा लैंगिक रूपान्तरणकारी विविधता, अन्य लैंगिक–सम्बन्धित मुद्दाहरूसँग सम्बन्धित चुनौतीहरू र अवसरहरूलाई सम्बोधन गर्ने दृष्टिकोण र सीपहरू सम्बन्धी विषयहरूमा सहजिकरण गरिएको थियो । 

सहभागिहरुले तालिम एकदमै प्रभावकारी रहेको र आगामी दिनमा तालिममा सिकेका कुराहरू व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तालिम समापन समारोहमा शारदा आधारभूत विद्यालय ठाकुरबाबा नगरपालिका वडा नं ५ का शिक्षिका कान्ति रिजालले तालिम एकदमै फलदायी भएको र तालिममा सिकेका कुरा आगामी दिनमा शिक्षण सिकाइ क्रियाकलाप गर्दा व्यवहारमा लागू गर्ने र अन्य सहकर्मीहरुलाई पनि सिकाउने प्रतिबद्धता व्यक्त गरिन । 

गुलरिया स्थित एक होटलमा सञ्चालित तीन दिने तालिममा परियोजनाको सेवाक्षेत्र अन्र्तगत राजापुर, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाकका २० वटा आधारभूत र माध्यमिक विद्यालयहरुका २० जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise