२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

हेल्पर अनिता बनिन् ‘ग्रेडर अप्रेटर’

ADV
सपना बोहरा
२०८१ असार २ गते २१:०२
हेल्पर अनिता बनिन् ‘ग्रेडर अप्रेटर’

दाङ : ‘मान्छेको आफ्नै खुट्टाको त भर हुँदैन । यो त गाडी हो, डर त लागि हाल्छ नि’ बर्दियाकी अनिता चौधरीले ग्रडेरको ब्रेक दबाउँदै भनिन् । घोराही उपमहानगरपालिका वडा नं. ११ को पलासीपुरमा  सडक पिच गर्नुपूर्व चौधरीले सडक ग्राभेल गर्नको लागि उनी ग्रेडर चलाउँदै थिइन् । सडकमा ग्राभेल गर्न ग्रेडर आफैंले चलाएर जाँदा उनलाई हेर्न मानिसहरुको जमात नै थियो । त्यो पनि घोराही उपमहानगरपालिकाकै रा.१ ग. ६४ नं. को ग्रेडर लिएर उनी गएकी थिइन् ।  ‘मेडमले ग्रेडर चलाउनी, हामिले ढुंगा पन्छाउने, सम्याउने यस्तै छ’ स्थानीय खिम बहादुर बस्नेतले भने, ‘महिलामा यतिको आट चाहि हुनुपर्छ, हिम्मत ठूलो कुरा हो ।’ चौधरीले वडो होसियारसहित ग्रेडर चलाएकी थिइन् । 

उमेरले उनी २५ कि मात्रै भइन् । उनले ग्रेडर चलाउन लागेको ६ वर्ष भइसकेको छ ।  चौधरी १९ वर्षको हुँदा खाली समयमा भिनाजु मुक्तिनाथ चौधरीको ग्रेडर हेल्पर रुपमा सघाउँथिइन् । उनको भिनाजुले जलजला कन्स्ट्रक्सन घोराहीमा ग्रेडर अपरेटरको रुपमा काम गर्थे । हेल्परको रुपमा सघाउँदै आएकी चौधरीलाई ग्रेडरका पार्ट पूर्जा चिन्न र चलाउन सिक्न वर्ष दिन पनि  लागेन । त्यसैक्रममा उनी जलजला कन्स्ट्रक्सनमा काम गर्दै थिइन् ।

उनी रोल्पामा ग्रेडर चलाउँदै थिइन् । घोराहीमा ग्रेडर अप्रेटरको आवश्यकता सम्बन्धी सूचना पाइन् । उनी तुरुन्त आएर निवेदन दिइन् । सबै प्रक्रिया पुर्‍याएर छनौट भइन् । भिनाजुको हेल्पर भएकी उनी एकै वर्षमा ग्रेडर अप्रेटर बन्न सफल भइन् । यो सबै देन भिनाजुको रहेको उनी बताउँछिन् । ग्रेडर चलाउन भिनाजु मुक्तिनाथ चौधरीले नै सिकाएको उनले बताइन् । घोराही उपमहानगरपालिकाले किनेर ल्याएको नयाँ ग्रेडर शुरुदेखि नै आफुले चलाएको उनले बताइन् । 

उनी घोराही उपमहानगरपालिकाको ग्रेडर अपरेटरको रुपमा काम गर्न लागेको पनि चार वर्ष बितिसकेछ । असारे विकासका काम धमाधम चलिरहँदा उनलाई खाना खाने, आराम गर्ने फुर्सद छैन ।  सडक निर्माणको क्रममा उनी ग्रेडर चलाएर पहाडि जिल्ला पनि पुग्छिन् । ‘रिस्कको काम हो, अलि होसियार हुनु पर्छ’ उनले भनिन् । काम गर्दा विद्युतको पोल र तारले बाधा पु¥याउने गरेको बताइन् । उनले कक्षा १२ को परीक्षा पनि दिएकी छिन् । ‘पढाइ पनि अनिवार्य छ’ उनले भनिन्, ‘मुख्य कुरा इच्छाशक्ति हो, सबै कुरा सम्भव छ । के महिला ?, के पुरुष ? आँट हुनु पर्‍यो सबैले । सबै काम गर्न सक्छन् ।’

उनले ग्रेडर अप्रेटर मात्र हैन, घरायसी व्यवहार पनि चलाउँदै आएकी छन् । उनको परिवारमा अहिले चार जना छन् । बुबा, आमा र भाइ अनि आफु । एउटा दाइ र अर्को भाइ विवाह गरेर छुट्टिसकेका छन् । आमा बुबाको पालन पोषण र भाइको हेर विचार, पढाइ खर्च उनले नै गर्दै आएकी छिन् । उनले आफ्नो पेशाप्रति खुशी भएको बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise