२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

रौतहटमा जग्गाको विषयमा दुई पक्षबीच विवाद, एक जनाको मृत्यु, चार जना फरार

shivam cement
कृष्ण तिवारी
२०८२ असोज २६ गते १८:४८
रौतहटमा जग्गाको विषयमा दुई पक्षबीच विवाद, एक जनाको मृत्यु, चार जना फरार

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–२, सितलपुरमा जग्गाको विषयलाई लिएर दुई पक्षबीच भएको विवाद र कुटपिटमा एक जनाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृत्यु हुनेमा स्थानीय ६० वर्षीय शंकर साह बनिया छन् । आइतबार दिउँसो शंकर साह र कपिलदेव यादव पक्षबीच जग्गाको स्वामित्वलाई लिएर विवाद चर्किएको थियो । विवादले उग्ररूप लिँदा कुटपिट भएको र कपिलदेव यादव पक्षबाट भएको आक्रमणमा शंकर साह गम्भीर घाइते भएका थिए ।

प्रहरी इन्स्पेक्टर रामकुमार महतोका अनुसार कुटपिटका कारण गम्भीर घाइते भएका शंकर साहलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाका इन्स्पेक्टर सुरेन्द्र यादवको टोलीले उद्धार गरी उपचारका लागि वीरगन्जस्थित एलएस न्यूरो अस्पताल पठाएको थियो । तर, उपचारका क्रममा दिउँसो १:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घटनामा शंकर साह पक्षको आक्रमणमा कपिलदेव यादवकी ४० वर्षीया श्रीमती मिना देवी घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार कुटपिटमा संलग्न कपिलदेव यादव, ब्रह्मदेव यादव, विनोद भनिने हरदेव यादव र ब्रह्मदेवका छोरा सुरेश यादव हाल फरार छन् । उनीहरूको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीले सक्रियता देखाएको इन्स्पेक्टर महतोले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise