२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

प्यूठानमा पूर्वाधार सडकको काम द्रुत गतिमा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ कार्तिक ६ गते २०:१७
प्यूठानमा पूर्वाधार सडकको काम द्रुत गतिमा

प्युठान : सडक पूर्वाधार विकास कार्यालय प्युठानले  निर्माणको कार्यलाई प्रभावकारी रूपमा फास्ट ट्रयाकमार्फत द्रुत गतिमा अघि बढाएको जनाएको छ । कार्यालय प्रमुख चन्द्रबहादुर शाहले  कार्यालयले ठूला साना गरि  दर्जनौं आयोजनाका कामहरू द्रुत गतिमा अगाडि बढेको पुनले जानकारी दिए ।

कार्यालयले सडक निर्माण र केही ठाउँमा  पुल निर्माणको कार्यलाई निरन्तर  अगाडि बढाएको र केही सम्पन्न हुने केही टेन्डर प्रक्रियामा जाने गरी काम भइरहेको  शाहले  बताए । जिल्लामा केही ठूला आयोजना निर्माण द्रुत गतिमा अगाडि बढेका छन् भने केही योजना निर्माण व्यवसायिको लापरबाहीले समयमा सम्पन्न हुन नसकेपछि ठेक्का सम्झौता तोडेर पुनः ठेक्का गर्ने तयारी भएको शाहको भनाइ छ । 

अहिले प्यूठानका विभिन्न ठाउँहरुका काम द्रुत गतिमा अगाडि बढेको छ । असारे कामलाई निरुत्साहित गर्दै वैशाख जेठभित्र यस वर्षका योजनाहरु सम्पन्न गर्ने गरी कामलाई निरन्तरता दिएको भएपनि जनशक्ति र साधन श्रोतको अभाव छ ।

यस वर्ष वागदुल्ला दम्ती बाहाने खबाङ स्याउलिवाङ नौबहिनी प्रर्यटन मार्ग सडकको बाहाने स्याउलीवाङ खण्डको लागि कन्काइ केबी जानकी जेभिले २२ करोड ३ लाखमा सम्झौता गरी काम शुरु गरेको कार्यालय प्रमुख शाहले जानकारी दिए । 

उनका अनुसार चेरनेटा पुरनठाँटी जोगिटारी सडक (एैराबती गाउँपालिका पहुँचमार्ग) आँसु– हरियाली जेभी बिजुवार प्युठानले ८ करोड २६ लाख ६५ हजार ६ सय ९४ मा सम्झौता भइ ६ किलोमिटर कालोपत्रेको काम द्रुत गतिमा अगाडि बढेको छ । 

त्यस्तै बागदुल्ला दम्ती सडक स्तरोन्नतीको काम २०७८ साल असार २० गते सम्झौता भइ २०८० असार ३० गते सम्पन्न गर्नुपर्ने काम साढे ३ किलोमिटर कालोपत्रेको काम ३.२ किमी पहिलो तह कालोपत्रे सकिएको छ भने निर्माण व्यवसायिको लापरबाहीका कारण ढिलाइ भएकोमा यथाशिघ्र काम सम्पन्न गर्न ताकेता गरिएको अन्यथा कारबाही गरिने नि.कार्यालय प्रमुख शाहले मध्याह्नलाई  जानकारी दिए । 

शाहका अनुसार नौबहिनी गाउँपालिका पहुँचमार्गका निम्ति महेश÷कामाख्या÷सत्यबती जेभी काठमाडौं सग कार्यालयले  २०७८ सालमा  सम्झौता भएको सडकको सन्तोष जनक काम हुन नसकेको कारण निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको छ ।

प्यूठान जिल्लामा क्रमागत योजना अन्तर्गत ३ वटा पक्की पुल निर्माणका लागि चालू आर्थिक वर्षका केही योजनाहरु टेन्डर प्रक्रियामा रहेको र केही योजनाहरु सम्पन्न हुने चरणमा रहेका छन् । शाहका अनुसार २१ वटा योजनाहरु प्यूठान आउनुपर्ने बजेट अन्य  जिल्लामा बजेट गएको कारण अहिले मन्त्रालयमार्फत योजना प्यूठान लैजाने र ठेक्का लगाउने तयारी छ । 

वहुवर्षीय योजनामा न्यून बजेट भएको कारण कार्यान्वयनमा कठिनाइ भएको र खरिद योजना अनुसार बजेट उपलब्ध गराउन मन्त्रालयमा माग गरिएको  नि.कार्यालय प्रमुख शाहले जानकारी दिए । प्यूठान जिल्लामा वहुवर्षीय योजना लागू हुने सम्भावना न्यून छ । विगतका वर्षदेखि वहुवर्षीय योजनाको श्रोत सुनिश्चितता नहुने गरेको कारण योजनाको टेन्डर हुने सम्भावना कम छ  । कार्यालयका प्रमुख शाह तथा इन्जिनियर सवइन्जिनियर हरु फिल्डमा दैनिक खटिने गरेका छन् । फिल्ड खटिए अनुसार काम गराउन नसक्दा दिक्क लाग्ने कार्यालयका प्राविधिकहरु बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise